सहमतिकै पक्षमा ओली–दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमतिकै पक्षमा देखिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र दाहालले एकअर्कालाई निषेध नगरी सहमतिमै अघि बढ्नुपर्ने संकेत गरेका हुन् । नेकपा संसदीय दल नेता सुवास नेम्वाङले ‘पार्टीभित्र विवाद नभई सहमतिमै अघि बढ्नुपर्ने’ दबाब नेताहरूले दिँदै आएको प्रस्ट पारे । उनका अनुसार दबाबका कारण ओली र दाहालबीच छलफल हुनु र सकारात्मक दिशातर्फ अघि बढ्नु खुसीको विषय भएको छ ।

‘हामीले विगतदेखि सहमतिमै अघि बढ्नुपर्छ भन्दै आएको हो,’ नेम्वाङले भने, ‘दुई अध्यक्षबीच छलफल र सहमतिका लागि कार्यदल गठनलगायत विषयले राम्रो संकेत गर्छ ।’ एकअर्काको विरोध वा आलोचना गरेर केही पनि नहुने बताउँदै उनले दुई अध्यक्षबीच सहमतिसाथ अघि बढ्ने विषयले पार्टी एकता बलियो बनाउने र फुटबाट जोगाउने काम भएको विश्वास व्यक्त गरे । गठित कार्यदलले सबैलाई मान्य हुनेगरी प्रस्ताव ल्याउनेमा उनी विश्वस्त छन् ।

नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी विवाद समाधान उन्मुख भएको बताए । पार्टी विभाजन वा फुटले कोही कसैलाई फाइदा नहुने बताउँदै उनले मुलुक, जनता, कार्यकताले ठुलो नोक्सानी व्यवहोर्नु नपरेको उल्लेख गरे । नेकपा फुटे ठुलो संंकट उत्पन्न हुने अनुमान गरेका रायमाझीले सहमति विकल्प नभएको बताए ।

‘युद्धविराम भएको छ, नेकपा फुटले मुलुकले ठुलो क्षति व्यहोर्नु पथ्र्यो,’ रायमाझीले भने, ‘एकापसमा छलफल र सहमति गरेर अघि बढ्नुको विकल्प नै छैन ।’ पार्टीमा लामो समयदेखि देखिएको विवाद ‘अब धेरै दिनसम्म नरहने’ उनको विश्वास छ । सहमतिमै अघि बढ्दै मुलुक, जनताको आवश्यकता तथा समृद्धि सपना पूरा गर्नुपर्ने उनले सुझाए ।

गत १० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा ओलीको राजीनामा विषय उठेपछि विवाद बढ्दै गयो । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतले ओलीको राजीनामा माग गरे । तर, ओली र दाहाल–नेपाल समूहको आ–आफ्नै अडानले बैठक नियमित बस्न सकेन् । गत १३ साउनयता स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

यद्यपि, ओली र दाहालकै सहमतिमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको छ । सो कार्यदलले सहमति प्रस्तावसहित प्रतिवेदन बुझाएपछि स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नेमा ओली र दाहाल सहमत छन् ।

दाहालस“ग छलफल हु“दा ओली पहिलो सचिवालय बैठक बस्नुपर्ने अडानमा थिए । तर, दाहाल पहिले स्थायी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने अडानमा थिए । कार्यदल गठनस“गै ओली र दाहाल एक–एक कदम पछाडि हटेका छन् ।
पार्टी विवाद बढ्दै गएपछि उपाध्यक्ष वामदेव गौतमले गत १३ साउनमा सहमतिका लागि ६बुँदे प्रस्ताव सार्वजनिक गरे । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष रहने तथा दाहाल पार्टीको सम्पूर्ण बागडोर सम्हाल्नेगरी आएको प्रस्तावमा सहमति भएन् ।
स्रोतका अनुसार ओली र दाहालबीच सहमतिमै एकता महाधिवेशन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार हेरफेर, सरकार सञ्चाल एवं महत्वपूर्ण विषय पार्टी निर्णयका आधारमा गर्ने सहमति भएको छ । अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिन कार्यदलले प्रस्ताव ल्याएर संस्थागत गर्ने काम हुने एक नेताले दावी गरे ।

‘दुई अध्यक्षबीच सहमति भइसकेको छ, अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता तथा संस्थागत गर्न कार्यदल गठन भएको छ,’ ती सदस्यले राजधानीसंग भने, ‘अब सहमतिमै एकता महाधिवेशन हुने र अन्य काम पनि सहमतिमै अगाडि बढ्ने छ ।’

ओली र दाहालकै सहमतिमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदल सदस्यमा स्थायी कमिटीका सदस्य भिम रावल, शंकर पोखरेल, सरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल छन् ।

नेकपा अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपाल निकटका दुई–दुई सदस्य कार्यदलमा रहेका छन् । पौडेल र प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेल अध्यक्ष ओलीनिकट, शर्मा र भुषाल अध्यक्ष दाहालनिकट रावल र पाण्डे वरिष्ठ नेता नेपालनिकट नेता हुन् ।

कार्यदल सहमति प्रस्ताव तयार गर्न आन्तरिक गृहकार्यमा जुटिसकेको छ । शनिबार पहिलो बैठक बसेको कार्यदलले छिट्टै सहमति प्रस्ताव प्रस्तुत गर्ने एक सदस्यले बताए ।

यता, कार्यदल गठन विषयमा आपति जनाउँदै नेकपाभित्रै यसको वैधानिकता खोजी भइरहेको छ । ललितपुर खुमलटारस्थित दाहाल निवासमा शनिबार छलफल गर्दै वरिष्ठ नेताद्वय नेपाल र खनाल तथा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठन’bout प्रश्न उठाएका छन् ।

कार्यदलको कार्यादेश प्रष्ट नभएको र कार्यदल गठन आवश्यकता नभएको भन्दै सचिवालय बैठकबाट आधिकारिक रूपमा कार्यदल गठन गरेर अघि बढेको ‘भए राम्रो हुने’ कथन खनाल, नेपाल र श्रेष्ठको छ । उनीहरूले सचिवालय बैठक बस्नुपर्ने मागसमेत दाहालसंग गरेका छन् ।

‘पार्टी कमिटी बैठक चलिरहेकै बेला कार्यदल आवश्यक किन प-यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउनुपथ्र्यो’ भन्दै उनीहरूले ‘कार्यदल नै बनिसकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर कार्यादेश दिनुपर्ने’मा समेत जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार