अर्काको घरमा ग्रिनेट राख्ने पूर्व सैनिक पक्राउ


काठमाडाैं । अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्व हबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो ।

स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । ग्रिनेट राख्नुको कारण भने खुलेको छैन । घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य