काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलि सोमबारदेखि पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफलता तथा सिकाइ आदानप्रदान उद्देश्यले राष्ट्रिय परिसंवाद गर्ने भएको छ ।
विश्व महामारी कोरोनाका कारण परिसंवाद भर्चुअल माध्यमबाट गरिँदै छ । कार्यक्रम ८ देखि आगामी ११ भदौसम्म चल्ने जनाइएको छ ।
प्राधिकरणका अनुसार १२ वैशाख २०७२ को भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद आयोजना गरिन लागिएको हो ।
आयोजक समिति सचिवालयले औपचारिक र प्राविधिक गरी दुई सत्र हुने जनाएको छ । सोमबार ९ः३० मा उद्घाटन हुने कार्यक्रममा हरेक दिन ४ प्राविधिक सत्र हुनेछन् ।
चार शोधपत्र पेस हुने प्राविधिक सत्र ९० मिनेटको हुने र साँझ ४ः३० सम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालय संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिलाई एउटै मञ्चमा ल्याएर पुनर्निर्माण तथा पुनस्र्थापनाक्रममा प्राप्त सफलता, उपलब्धी एवं कमीकमजोरी’bout समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको जानकारी दिए ।
प्राधिकरणले यसअघि नै भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन तय गरिसकेको छ ।
सम्मेलन तयारीक्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो । डा. श्रेष्ठका अनुसार परिसंवादमा पुनर्निर्माण र पुनस्र्थापनाका ६ विषयगत क्षेत्र क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासन’bout छलफल हुनेछ । परिसंवादमा ६० शोधपत्र प्रस्तुत हुनेछन् ।
प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालय सदस्य–सचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोगी दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञ, भूकम्पपीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोता सहभागी हुनेछन् ।






