ठेगाना नमिलेपछि तीन वर्षदेखि खातामै थन्कियो ८७ लाख रुपैयाँ

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा
सँगै जाउ स्वर्ग भनेको भए मै जाने थिईन र
जवाफ देउ प्यारा एकवचन बोल बोल्दैनौ किनर…

सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको यो गितले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएका श्रीमान बाकसमा आउँदाका श्रीमति र परिवारमा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो ।

देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । विदेशमा जीवनभर कमाई गरेका त्यस्ता व्यक्तिको परिश्रमको फल, विदेसिदा गरेको विमाको रकम या छुट भएको रकम स्वयं या उनीहरुका आफन्तले भेट्दैनन् । परराष्ट्र मन्त्रालयको पहलमा रकम त आउँछ तर ठेगानानै पत्ता लाग्दैन ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका अपाङ्गता भएका, कम्पनी विच्छेदका कारण कामविहीन भएका १५ जनाको विमा, तलव र क्षतिपुर्ति सहितको रकम भुक्तानी गर्ने अख्तियारी सहितको पत्र आएको छ

इलामको जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलाम पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनुपर्ने ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासंग मिल्ने कुनै ठाउँ नै छैन । तीन वर्ष अघि आएको रकम सरकारी खातामै थन्किएको छ । ठेगाना यकिन नभएपछि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालय ठेगाना यकिन गर्नका लागि पत्रचार गरेको छ । परराष्ट्रको जवाफ नआएपछि तीन वर्षसम्म रकम पठाउने ठाउँ यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखा शाखा प्रमुख महेन्द्र चौहानले जानकारी दिए । अहिलेसम्म कार्यालयमा रकमको दावी गर्न समेत कोही पनि आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु भएका अपाङ्गता भएका, कम्पनी विच्छेदका कारण कामविहीन भएका १५ जनाको विमा, तलव र क्षतिपुर्ति सहितको रकम भुक्तानी गर्ने अख्तियारी सहितको पत्र आएको छ । ति मध्ये केही कार्यालयको सम्पर्कमा छन् र आएको रकम भुक्तानी लिने प्रक्रियामा छन् । कार्यालयमा रकम आएका कतिपयको भने पहिचाननै हुन सकेको छैन । व्यक्तिको पहिचान नुहँदा र ठेगानासमेत फरक परेका कारणले वैदेसिक रोजगारीमा गएकाहरुका लागि कार्यालयमा प्राप्त भएको रकम भुक्तानी गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयका इलामले जनाएको छ । ‘अनेक उपायबाट पत्ता लागेका व्यक्तिको रकम भुक्तानी दिएका छौ’, उनी भन्छन्, ‘कतिको उल्लेख भएको ठेगानाको विवरणनै मिल्दैन, ठाउ थरनै नमिलेपछि भुक्तानी हुँन सकेको छैन ।’

रकम लिनको लागि आवश्यक कागजात पुरा गरेर आएकाहरुले भुक्तानी लिने गरेका छन् । जिल्लामा सञ्चालिन सुरक्षित आप्रवासन परियोजनाले कार्यालयमा रकम आएकाहरुको पहिचान गर्न सघाउने गरेका छन् । परियोजनाको सहयोगले त्यस्तो रकम लिनेहरुको संख्या बढ्न थालेको छ ।

वैदेशिक रोजगारीमा गएका वेला मृत्यु भएकाहरुको बिमा र उसले पाउने रकम प्रशासन कार्यालयमा आएको हुन्छ । कतिले सम्झौता अनुसार तलव नदिएका कम्पनीका विरुद्ध मुद्धा गरेर भएपनि रकम पाउँछन् । सम्झौता अनुसार भुक्तानी नभएको छुट रकम प्रशासन कार्यालयमा भुक्तानीको लागि अख्तियारी आउने गरेको भएपछि धेरैले यस्तो रकम’bout जानकारी समेत नपाउँदा सुविधाबाट बञ्चित हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा अहिले ८७ लाख ५० हजार रुपैयाँ भुक्तानीको लागि प्राप्त भएको छ । त्यो मध्ये केही मात्रै रकम भुक्तानी लिने प्रक्रियामा छन् । रकम पाउने ब्यक्ति स्वयम भए पासपोर्ट र नागरिकता र वडाको सिफारीस सहितको निवेदन दिनुपर्छ । हकदार भए हक कायम गर्ने नाता प्रमाणपत्र, वैदेशीक रोजगारीको गएका व्यक्तिको मृत्युको दर्ता प्रमाण पत्र लिएर दिवेदन दिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति