अस्पताल नै जोखिमको केन्द्र

सर्वाेच्च अदालतले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महान्यायधिवक्ता कार्यालयलगायतका निकायका नाममा पीसीआर नगरेको कारण देखाएर तथा कुनै बहानामा स्वास्थ्य उपचार इन्कार नगर्न र बिरामी नफर्काउन साउन ३२ गते अन्तरिम आदेश दिएको छ । वीरगन्जका उदाहरण दिँदै कोरोनाबाहेकका बिरामीलाई समेत अस्पतालमा भर्ना नलिएर नागरिकको बाँच्न पाउने हक, स्वास्थ्य सुरक्षा र पहु“चको प्रश्न उठाउँदै न्यूनतम मानवताको व्यवहारसमेत नदेखाएको भन्दै अधिवक्ता पटेलले रिट हालेका थिए । सरकारले पनि भर्खरै अब कोभिड अस्प्तालका तह खारेज गर्दे सबै अस्पताललाई कोभिडको उपचार गर्ने कोभिड अस्पताल बनाएको छ ।

सर्लाहीका क्षेत्रबहादुर परियार घरबेटीले पीसीआर रिर्पाेट मागेर हैरान पारेपछि निन्द्रा मारेर बिहान ४ बजेदेखि परीक्षणका लागि टेकु अस्पतालको लाइनमा बसे । न त भौतिक दूरी, न त बिरामीमैत्री व्यवहार त्यसैमा दैनिक ३ सय जनाको कोटा । त्यसो त एक साता पहिले पनि घरबेटीले धेरै गनगन गरेपछि परीक्षण गर्न लाइनमा बसेका थिए तर ज्वरो आएको छैन भनेपछि फिर्ता पठाइदिएको थियो । धेरै यस्ता लाइनमा बस्दा संक्रमित भएका छन् भने कति मानसिक पीडा र बिरामी भएका छन् । वीर अस्पतालमा न त साबुनपानीले हात धुने व्यवस्था, स्यानिटाइजर, न त विद्युतीय प्रणालीमा टिकट काट्दा डिस्इन्फेक्सन ।

बिरामीलाई पक्षपात गर्ने, टाढैबाट फर्काउने, कोभिड शंकास्पदलाई नहेरी पठाउनेजस्ता सेवा र धर्मविपरीत काम गर्नुहुँदैन

बिरामी र कुरुवा कसैले पनि मास्क लाउँदैनन्, हात पनि धुँदैनन्, सामाजिक दूरी पनि कायम नगरी समूहमै बस्ने, गफिने गरेका छन् । केही अस्पतालले ठाउँठाउँमा सन्देशमूलक सामग्री टा“सेको भए पनि कसैले पढेका होइनन् तर व्यवहारमा ल्याएका र पालना गरेका छैनन्, सचेत भए पनि अटेरी गरिरहेका छन् । केही अस्पतालले त परीक्षण गर्न नदिने, संक्रमित भए पहिचान लुकाउने, रिर्पाेट गर्न नदिने पनि गरेका गुनासा पनि आइरहेका छन् ।

कोभिड अस्पतालमा शøया भरिएको भन्दै संक्रमितको उपचारका लागि सबै निजी, सामुदायिक र सरकारी स्वास्थ्य संस्थाले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत भिन्दै भवन नभए पनि कक्ष र बेड छुट्टयाउनुपर्ने मन्त्रालयको निर्णय छ । ननकोभिडका बिरामी डरले अस्पताल नआउने र रोगको जटिलता बढी मृत्युदर बढ्ने, स्वास्थ्यकर्मी संक्रमित बढी देखिने भएका कारण निर्णय मान्न तयार छैनन् ।

त्यस्तै, आफूहरूसँग सल्लाह नै नगरी निजी मात्र नभई सरकारी अस्पतालले पनि सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । मन्त्रालयले वैशाख २४ गते जारी अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ मा यकिन नगरे पनि सोही समयमा जारी गरिएको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लानमा भने सामान्य लक्षण भएकामा १४ हजार ५ सय ६, मध्यम लक्षण भएकामा २३ हजार ३ सय ९३ र गम्भीर प्रकृतिकामा ३८ हजार १ सय १८ रुपैयाँ लाग्ने उल्लेख छ । तथापि, साउन १५ मा मन्त्रिपरिषद्ले अनुमोदन गरेकोमा होम आइसोलेसनमा बसेका स्वास्थ्यकर्मी हेरचाहका लागि २ सय, आइसोलेसन केन्द्रमा रहेकाको लागि २ हजार सामान्य लक्षण भएका माइल्ड बिरामीको उपचारबापत प्रतिदिन ३ हजार ५ सय, मध्यम वा जटिल मोडरेटको ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाका बिरामीको उपचारबापत १५ हजार रुपैयाँमा नबढ्नेगरी शुल्क दररेट तोकिदिएको छ ।

उपचाररत बिरामीमा कोरोना देखिएपछि मेडिसिटी, बयोधा, शिक्षण अस्पताल, मनमोहन कार्डियोभ्यास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, ग्रान्डी अस्पताल, कान्ति बाल अस्पताल, नेपाल क्यान्सर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र, अल्का अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पताल, ह्याम्स अस्पताल, स्टार अस्पताल, राजधानी अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेजलगायतमा ९० बढी स्वास्थ्य संस्थामा कोरोना संक्रमित देखिएका छन् । उपचार गर्ने ५ सय बढी स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । वैशाख ३० गते कपिलवस्तु र वीरगन्जबाट सुरुवात भएको स्वास्थ्यकर्मीमा संक्रमण ती दुई स्थानमै पुनः संक्रमण देखिन पनि थालिसकेको छ । अस्पताल सञ्चालन कोभिड कहिलेसम्म रहने थाहा छैन । तथापि, अन्य बिरामी मारमा परिरहेका छन् ।

इटाली, अमेरिकाजस्ता पश्चिमा मुलुकका तुलनामा सिंगापुर, हङकङ, ताइवानजस्ता दक्षिणपूर्वी एसियाली मुलुकमा अस्पतालभित्र स्वास्थ्यकर्मीमा संक्रमण नगन्य नै रह्यो । कारणमा अस्पतालभित्र सबैले हरदम मास्क लगाउनैपर्ने, सबैले ६ फिटको दूरी कायम गर्ने, बन्द कोठाभित्र वा आमनेसामने बसेर गरिने सबै खालका बैठक, भेटघाट, चिया, खाना बन्द गर्ने, संक्रमित स्वास्थ्यकर्मीले अस्पतालमा काम नगरून् भनेर दैनिक निश्चित लक्षण भए नभएको प्रश्नावली भर्नुपर्ने र कार्यरत सबैको दुईपटक ज्वरो नाप्ने, बहिरंग सेवा र पालैपालो बिरामी हेरिने, बिरामी हेरेपछि हरेक फर्निचरका सतह, ढोकाको ह्यान्डल आदि धेरै छोइने वा बिरामीका थुकका छिटा परेका हुन सक्ने सतहलाई निःसंक्रमण घोलले पुछिहाल्ने ।

त्यस्तै, लक्षणबिनाका संक्रमितबाट जोगिन पीसीआर परीक्षण गरेर मात्र भर्ना गर्ने र आकस्मिकका हकमा पनि संक्रमित नै सम्झी पूर्ण पीपीई लगाएर मात्र बिरामीको उपचार गर्ने र पीसीआर परीक्षण पठाउने । एरोसोल काम गर्दा पीसीआर अनिवार्य गरेका थिए । हरेक तथा विशेषत शंकास्पदको विस्तृत अभिलेख राख्ने जसले भोलि कन्टयाक्ट, नजिक वा आकस्मिक के हो छुट्याउन सजिलो हुन्छ । संक्रमित भए भेटघाट नै बन्द गर्नुपर्छ ।

सरकारले कोभिडमा मात्र ध्यान दिँदा अन्य रोगीले दुःख पाइरहेका र भोलिका दिनमा ननकोभिडका कारण मृत्यु हुनेको संख्या अधिक बढ्दै छ । दीर्घरोगी, मानसिक रोगी सबैभन्दा बढी पीडित छन्, जसलाई फोन तथा टेलिमेडिसिनबाट सेवा दिन सकिन्थ्यो । ज्वरो क्लिनिक, कोभिड र ननकोभिड अस्पताल छुट्याउँदा उपचार सेवा सहज भएको देखिँदैन ।

धेरै भिड हुने सरकारी अस्पतालमा अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउने, व्यवस्थापनमा पहिलेको बानी अहिले पनि कायम राख्दा ९ देखि ११ सम्म भिडभाड गरेर ओपीडी काउन्टर खोल्नेलाई कोरोनाले परिवर्तन खोज्यो, तीन घण्टाको सिफ्ट गरेर विभिन्न विभागको अलगअलग समयमा ओपीडी चेकजाच गर्नुपर्छ । आकस्मिकमा दुई र बहिरंग तथा अन्तरंगमा एक जनाभन्दा बढी बिरामी कुरुवा नराख्ने, अस्पताल छिर्ने जोसुकैलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, संक्रमण फैलिन नदिन अस्पतालको सरसफाइमा ध्यान दिँदै दैनिक एकपटक सफा गरिँदै आएका कोठाहरू दुई घण्टाको फरकमा डिस्इन्फेक्ट गर्नुपर्छ । अस्पताल छिर्ने जोसुकैको ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने, आगन्तुक बस्ने कुर्सीहरू तथा बिरामी सुत्ने बेड कम्तीमा तीन मिटरको दूरीमा राख्ने, राउन्डमा ठूलो टोली नजाने, जानेले अनिवार्य गुणस्तरीय पीपीई प्रयोग गर्ने गर्नुपर्छ ।

संक्रमण नसरोस् भन्नाका लागि अस्पताल व्यवस्थापन मात्र नभई बिरामी, कुरुवा, स्वास्थ्यकर्मी सबै पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । अस्पतालको नियम पालना, सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानी नभए स्यानिटाइजरले पटकपटक हात धुने गर्नुपर्छ । व्यवस्थापन मिलाउन सके संक्रमणका बीच पनि अस्पताल सञ्चालन गर्न सकिन्छ । संक्रमित देखिए पनि अस्पताल नै सिल गर्नुपर्दैन । शल्यक्रिया पूर्व पीसीआर अनिवार्य गर्दा चुस्त रूपमा चल्छन् । चिकित्सक र टोली तथा प्रयोगशालाकर्मी पनि एक साताको ग्यापमा सिफ्ट मिलाउन सकिन्छ । एक छुट्टै भवनमा वा तीन अस्पताल मिली एक अस्पताललाई कोभिड अस्पताल २० वा ३३ प्रतिशत भन्दै सञ्चालन गर्न सकिन्छ ।

अन्त्यमा, बिरामीलाई पक्षपात नहुनेगरी सेवा दिन केन्द्रित हुनपर्छ । बिरामीलाई टाढैबाट फर्काउने, कोभिड शंकास्पदलाई नहेरी पठाउने समस्या आज पनि व्याप्त छ । कोभिड वा फिबर क्लिनिकको अवधारणाले काम गरेन, उपचार सेवा पाउने मान्छेको अधिकार भए पनि व्यवहारतः देखिएन । संक्रमण देखिएपछि जहाँ संक्रमण देखिन्छ, तत्काल त्यही स्थान सिल गरेर छिटो परीक्षण गर्ने र अन्य सेवा सुचारु गर्दै सिल गरेको स्थान डिस्इन्फेक्सन गरी सबै सेवा चलाउनुपर्छ अन्यथा बिरामीले दुःख पाउँछन् र हाम्रो सेवा र धर्म डगमगाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी