बार्सिलोना संकटको जोखिममा

क्याटलान । स्पेनिस क्लब बार्सिलोना एकपछि अर्का संकटमा पर्न सक्ने सम्भावना देखिएको छ । १२ वर्षपछि उपाधिविहीन भएको बार्सिलोना, कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजका कारण थप संकटमा पर्न सक्ने सम्भावना देखिएको हो ।

यसअघि च्याम्पियन्स लिगमा बायर्न म्युनिख च्याम्पियन बन्दा बार्सिलोनालाई प्रत्यक्ष रूपमा बेफाइदा भएको छ । बार्सिलोनाले २०१८ मा लिभरपुलबाट कोउटिन्होलाई १४२ मिलियन पाउन्डमा अनुबन्ध गर्दा सम्झौतामा बोनस र थप सफलताका आधारमा प्राप्त गर्ने पैसामा एक विशेष प्रावधान राखेको थियो । उक्त प्रावधान अनुसार सुरुवाती दुई सिजनमा कोउटिन्होले च्याम्पियन्स लिग जितेको खण्डमा लिभरपुलले ४.५ मिलियन पाउन्ड प्राप्त गर्ने उल्लेख थियो ।

यदि सुआरेजले पनि बार्सिलोना छाडेको अवस्थामा बार्सिलोनाले १४ मिलियन युरो तिर्नुपर्नेछ । २०१४ मा लिभरपुलबाट अनुबन्ध भएका सुआरेजलाई बार्सिलोनाका प्रशिक्षक रोनाल्डले उनलाई फोन गरेर आफ्नो टिममा नरहेको बताइसकेका छन् ।

अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको ट्रान्सफर सागामा अर्को ट्विस्ट देखापर्दा क्याटलान क्लब बार्सिलोना थप संकटमा पर्ने देखिएको हो । कप्तान मेस्सीले यसै समरसँगै क्लब छाड्ने निर्णय गरेसँगै बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो रहेको मेस्सीलाई अनुबन्ध गर्न चाहने क्लबले उक्त रकम तिर्नुपर्ने बताएका थिए । तर, पछिल्लो ट्विस्टअनुसार मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो रहेको भनिए पनि उनको सम्झौताको अन्तिम सिजन त्यो एक्टिभ नरहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

वकिल साडेना सेरले मेस्सीको ७०० मिलयन रिलिज क्लज अन्तिम वर्ष लागू नहुने बताएका हुन् । मेस्सीले पछिल्लोपटक सन् २०१७ मा तीन वर्षको लागि सम्झौता नवीकरण गरेका थिए । त्यसमा एक वर्ष थप्न सकिने विकल्प रहे पनि उनको त्यति धेरै (७०० मिलियन युरो) रिलिज क्लज २०२०–२१ मा लागू नहुने । वकिल साडेना सेरले दाबी गरेका छन् ।

बार्सिलोना त्यही रिलिज क्लजलाई आधार बनाउँदै मेस्सीलाई क्लबमा राख्ने कसरतमा छ । तर ३३ वर्षीय फरवार्ड मेस्सीको वकिलले यस’bout बुझिसकेका छन् । मेस्सीले पनि बार्सिलोनाको प्रशिक्षण क्याम्पका लागि कोरोना परीक्षण गराएका छैनन् । यद्यपि क्लबले भने यो कुरालाई ध्यान दिएको छैन ।

मेस्सीलाई गुमाउने संघारमा रहेको बार्सिलोनालाई थप अर्का संकट पनि देखापर्न सक्ने देखिएको छ । बार्सिलोनाले अर्का फरवार्ड लुइस सुआरेजलाई पनि यसै समरमा बिदा गर्ने योजना बनाएको छ । यदि सुआरेजले पनि बार्सिलोना छाडेको अवस्थामा बार्सिलोनाले १४ मिलियन युरो तिर्नुपर्नेछ । २०१४ मा लिभरपुलबाट अनुबन्ध भएका सुआरेजलाई बार्सिलोनाका प्रशिक्षक रोनाल्डले उनलाई फोन गरेर आफ्नो टिममा नरहेको बताइसकेका छन् । सुआरेजको बार्सिलोनासँग अर्को वर्षसम्मको सम्झौता रहेको छ । उनी सम्झौता अवधि बाँकी रहँदै बाहिरिएको अवस्थामा मोटो रकम दिनुपर्ने भएको हो । सुआरेजले आफ्नो सम्झौता रद्द नगर्दासम्म निरन्तर क्लबमै रहने बताएका छन् ।

मेस्सीलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सबैभन्दा अघि देखिएको छ । सिटीले मेस्सी सिटीमा आएको खण्डमा प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता पनि नवीकरण गर्ने उल्लेख गरिसकेको छ । मेस्सी र पेपले २००८ देखि २०१२ सम्म बार्सिलोनमा सँगै बिताएका थिए । पेप त्यसपछि जर्मनी हुँदै इंग्ल्यान्ड पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग