इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षाको कारण राजमार्ग अन्र्तगत किटेनीदेखि झापा इलाम सिमाना जोरकलस सम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्घ बनेसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्म कुद्ने सवारी विचबाटोमै रोकिएका छन् । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका छन् ।
पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले बताए । उनले भने, ‘विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउमा पहिरो गएको कारण दिउँसो एक दुई बजेभन्दा अघि सडक खुल्ने सम्भावना छैन ।’


तपाइको प्रतिक्रिया
(Visited 1,076 times, 1 visits today)






