निषेधाज्ञाको अवज्ञा गर्दै गंगासागर पोखरीमा तर्पण दिनेको भीड

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा तर्पण गर्नेहरुको आज विहानैदेखि भीड लागेको छ । कोरोना संक्रमण समुदायमा फैलिरहेको भन्दै प्रशासनले केहीसातादेखि जनकपुरधाम क्षेत्रमा निशेधाज्ञा लगाइएको छ । तर, पितृको नाममा तर्पन गर्नेहरुमा यसको असर परेको देखिएन । विहानैदेखि गंगासागरमा भीड लागेको छ । समाजिक दूरीलाई समेत पालन गरिएको छैन । गाउँ गाउँबाट मानिसहरु गंगासागरमा नुहाउन आएका छन् ।

वुवा स्वर्गीय भएका परिवारका सदस्यले यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । १५ दिनसम्म चल्ने यो पर्वमा सहभागी हुँदा स्वर्गीय भइसकेका पूर्वजहरुलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी