१७ किलाे मलका लागि चार दिन

तस्विर : विष्णु रिजालको ट्विटरबाट

एक पाखे घाम टाउकैमा आएर ठोक्किएजस्तो छ । खल्खली पसिना । ठाडो उकालो बाटो । धादिङबेसी बजारबाट पश्चिमको सेउली बजारको उकालो निकै बिरसिलो लाग्छ । कुखुरेठाँटी नपुगेसम्म बस्ने ठाउँ पनि छैन । त्यहाँबाट उकालो लागेपछि चाँही ठाउँ ठावै छ चौतारो । मज्जाले थकाई मार्न पाइन्छ ।

धादिङको उत्तरी क्षेत्रका मान्छेका लागि मूल बाटो यही हो । नागरिकता बनाउन, जग्गा पास गर्न, मालपोत बुझाउनदेखि नुन मट्टितेल किन्नसमेत मान्छेहरु यही बाटो हिँडेर बजार झर्थे र बेलुकीपख थुन्सेभरि समान लिएर उकालो लाग्थे । तीज, दसै, तिहारजस्ता चाडपर्वको छेकोमा दिउँसो ४ बजेपछि उकालो लाग्नेको ताँतीले डाँडो ढपक्कै ढाकेको हुन्थ्यो । अचेल त्यसरी उकालो लाग्नेहरु भेटिदैनन् । मोटरबाटो बनेपछि मान्छेहरु उकालो ओरालो गर्न छाडे । मोटर चढ्दा वाक आउनेहरु पनि पाँच रुपैया पर्ने एभोमिन खान्छन् र त्यही बसमा ओहोर दोहोर गर्छन् ।

भारी बोकेर उनी (सामाजिक प्रतिष्ठाको कारण नाम उल्लेख गरिनँ) यसरी उकालो लागेको धेरै वर्षपछि हो । ‘११ वर्षपछि होला यसरी भारी बोकेर उकालो लागेको ।’ कुराकानीको क्रममा भने । उकालो बाटो चर्को घाम ज्यानमा खल्खली पसिना । अलिकति बाटो हिँड्ने बित्तिकै भारी बिसाएर थकाई मार्नु पर्ने हो तर, अँ हँ आज उनलाई भारी बिसाउनै मन छैन । उनीसँगै छिन् उनकी श्रीमति पनि । श्रीमतिको पनि उत्साह उस्तै छ । यो उत्साह जगाउने काम गरेको छ चार दिनको अथक मेहनतपछि पाएको ३४ किलो युरिया मलले ।

काठमाडौंको एउटा निजी संस्थामा ज्यालादारी काम गर्ने उनको दैनिकी ठीकठाकै चल्दै थियो । कोभिड–१९ नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन घोषणा ग-यो । निजी मोटरसाइकल हुनेहरु रातारात गाउँ पुगे । अफिसमा काम बन्द भयो । उनी काठमाडौंमै रोकिए । लकडाउन भएको दुई हप्तापछि मलेखुसम्म पु¥याइदिने तरकारी बोक्ने गाडी भेट्टाए । त्यही गाडीमा मलेखु पुगे र त्यसपछि हिँडेर घर पुगे ।

निषेधाज्ञाको बेला चितवनजस्तो महँगो ठाउँमा पिचरोडमा हातमा नाम्लो र बोरा लिएर लामो लाइन बस्नेहरुले सरकारको इज्जतमा दाग लगाएका छन् । यो सरकारले बनाइदिएको पिचरोडमा त्यसरी नाम्लो र बोरा लिएर उभिन मिल्छ ? आफ्नो इज्जत नभए पनि पिचरोडको इज्जतको त ख्याल गर्नु प-यो नि ! मन्त्रीज्यू निषेधाज्ञाको ठाडो उलंघन गर्नेहरुलाई कानुनसम्मत कडा कारवाही गर्नुपर्छ । तपाईं आँट गर्नुस् साथ दिने ‘हनुमान सेना’ हाँजिर छ ।

गाउँमा मकै छर्ने बेला भएको थियो । प्रायको घरभरि मान्छे थिए । लकडाउन कति दिन लम्बिने हो, कसैलाई थाहा थिएन । टेलिभिजन, रेडियो र अनलाइनमा समाचार आउन थालेको थियो– ‘सुरक्षित महसुस् गर्दै गाउँ फर्किए मान्छे’ टाइपका ।
खेती लाउने सिजनमा गाउँ पुगेका उनीसँग एउटै विकल्प थियो । भएको खेतवारीमा सकेसम्म धेरै खेती गर्नु । त्यही गरे । अघिल्ला वर्ष घाँस उम्रने बारीमा मकै रोपे भने पानीले भेट्ने जति ठाउँमा धान रोपे । गाउँका किसानलाई अनुभवले सिकाएको छ । रोपेपछि दुईपटक विकासे मल ठेल्यो भने फसल राम्रै उब्जन्छ ।

मकै जुँगा चम्मर हुने बेला भयो । बोट पहेँला भए, गोबर मल पुग्दो थिएन । विकासे मल हाल्नै पथ्र्यो घरमा थिएन । पैंचो मागेर चलाए र राम्रै घोगा लाग्यो । मल पैंचो लिने बेलामा भनेका थिए ‘लकडाउन खुलेपछि आउछ तिरौंला ।’

लकडाउन खुल्यो, फेरि सुरु भयो । पैंचो लिएर हालेको मलकै कृपाले मकै राम्रै फल्यो, भाँचे पनि । खेतमा रोपको धानमा मल हाल्न बित्यो । छिमेकी, चिनेका दोकानदार सबैलाई गुहारे । मल छ भन्ने जवाफ कसैले दिएन । ‘धादिङबेसी नगई मल पाइन्न ।’ गाउँमा खबर आयो । पहिलो दिन जुरुक्क उठेर एउटा नाम्लो र बोरा लिएर धादिङबेसी गए । बिहान ७ बजे बजार पुगे । मल किन्नेहरुको लाइन निकै लामो थियो । जसोतसो मल साहुजीकोमा पुगेर सोधे ‘आज तपाईंले पाउनु हुन्न भोलि आउनु चाँडै नै ।’ मलसाहुजीसँग दोहोरो संवाद सम्भव थिएन । उकालो लागे ।

भोलिपल्ट ५ बजे उठेर हिँडे । ७ बज्न केही मिनेट बाँकी नै थियो । फेरि पुगे । उही रित दोहोरियो । मल साहुजीले कुपन बाँडिसकेका रहेछन् । आज पनि पालो आएन । फेरि उकालो लागे । भोलिपल्ट बिहान श्रीमतिसहित ६ बजे नै उपस्थित भए । मल किन्नेको लाइन हिजोभन्दा लामो थियो । मल त पाएनन् भोलिपल्टका लागि कुपन पाए । ‘४ बजे नै आउनु नि नत्र पाउनुहुन्न ।’ मल साहुजीका आफ्न्तको आदेश मान्दै त्यो दिन बजार छेउकै आफन्तकोमा बास गरे । भोलि पल्ट अर्थात् चौथौ प्रयासमा दुईजनाको भागमा ३३ किलो मल आयो । ३३ किलो मल भागमा हात पर्दा पनि संसार जितेजस्तै लाग्यो उनलाई । यही अमूल्य चीज बोक्न पाएकाले होला रित्तै हिँड्दा पनि दुई घन्टा लाग्ने उकालो बाटो भारि बोकेर पनि २ घन्टामा पूरा गरे । उनकी श्रीमतिको पनि उत्साहा उस्तै थियो ।

जब घरमा पुगेँ पिढीमा फ्यात्त मलको पोको बिसाए । डाँडाको घर सरर चलेको हावाको एक झोक्काले उनको ज्यान पूरै चिसो बनाइदियो । बल्ल उनलाई थकानको महसुस् भयो । चिया पनि नखाई बजार हिँडेका उनको पेट खाली थियो । श्रीमति भान्सातिर लागिन् उनी त्यही पिँढीमा निदाए । भित्तामा झुण्डिएको चाइनिज रेडियोमा विना प्रसँगको गीत बज्यो ‘गाउँ गाउँबाट उठ….’ उनलाई मन परेन । उठेर रेडियोको कान बटारे । अर्को एफएममा समाचार आउँदै रहेछ । ‘प्रधानमन्त्री केपी ओलीले बंगालादेशबाट पैंचोमा मल ल्याउने भए ।’ एफएमका प्रस्तोता चर्को स्वरमा समाचार बाचन गर्दै थिए । समाचारको भाव सुन्दा लाग्थ्यो । मानौ, अर्को महत्वपूर्ण क्रान्ति सम्पन्न भयो मुलुकमा ।

भोलि पल्ट अर्थात् चौथौ प्रयासमा दुईजनाको भागमा ३३ किलो मल आयो । ३३ किलो मल भागमा हात पर्दा पनि संसार जितेजस्तै लाग्यो उनलाई । यही अमूल्य चीज बोक्न पाएकाले होला रित्तै हिँड्दा पनि दुई घन्टा लाग्ने उकालो बाटो भारि बोकेर पनि २ घन्टामा पूरा गरे । उनकी श्रीमतिको पनि उत्साहा उस्तै थियो

भाइले मलेशियाबाट अनलाइनका समाचार पढ्न मिल्ने मोबाइल पठाइदिएको थियो । प्याकेज लिएर बेला–बेलामा समाचार पढ्थे । मलको ब्यवस्थापन गर्ने जिम्मा कृषिमन्त्री घनश्याम भुषालको हो भन्ने थाहा पाएका थिए । केही दिनअघि अर्को कुरा पनि थाहा पाए पाएका थिए नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भागबण्डामा कुरा नमिलेर झगडा पर्दा पार्टी नै टुक्रेलाजस्तो भयो र घनश्याम भुषालहरुको समूहले पार्टीलाई फुट्नबाट जोगायो ।

त्यत्रो पार्टी जोगाउन सक्नेले किसानलाई जाबो एक बोरा मल कसो नदेलान् जस्तो लागेको थियो उनलाई । पछि थाहा पाए पार्टी जोगाउनु र मल बाँड्ने काम फरक रहेछ । पार्टी तत्कालै जोगाउनुपर्ने मल फुर्सदमा दिए पनि हुने । विकासे मलका लागि डिपोमा लाइन बस्नेहरुको पहुँच सिंहदरवारसम्म हुन्न भन्नेमा सिंहदरवारमा डेरा बस्नेहरुलाई पहिल्यैदेखि थाहा छ । त्यसकारण हरेक वर्ष मल माग्ने किसानहरुलाई यसैगरि डिपोमा लाइन लाउँछन् । डिपोमा किन लाइन् ? केही मिडियाहरुले प्रश्न गरेको भावमा समाचार टिप्पणी पनि गर्छन् । सरकारसँग हरेक वर्ष रेडिमेड जवाफ हुन्छ । दिनेले समयमा दिएन्, ल्याउनेले समयमा ल्याएन् । यसपाली त झन् सजिलो जवाफ छ । ‘कोभिड नाइन्टिन’ ।

मल भन्ने जिनिस किसानले डिपोबाट बोरा उठाएजस्तो एउटा व्यक्ति गएर फ्याट्ट ल्याउन सक्ने चिज होइन । यो नेपालमा नबन्ने भएकाले विदेशबाट मगाउनुपर्छ । त्यसका आफ्नै प्रकृया हुन्छ । हरेक वर्ष मल ल्याउनका लागि सरकारले ठेक्का लाउछ र त्यसरी ठेक्का लगाउँदा आफ्नै मान्छेलाई दिने चलन हुन्छ । ल्याउने पु-याउने काममा आफ्नालाई जिम्मा दिनु नेपालको लोकतान्त्रिक नीति नै हो ।

कृषिमन्त्रीले यसो गरेनन् उसो गरेनन् भनेको मलाई त्यति चित्त बुझिराछैन । उनले जे गरेका छन् ठीक गरेका छन् । भोलि जे गर्छन् त्यो पनि ठीकै गर्छन् । कतिपयले यसो पनि भनेका छन् ‘अध्यक्षका घरबेटीलाई ठेक्का दिएकाले धोका खाए ।’ हिजो गैरघरबेटीलाई दिँदा चाँहि समयमा ल्याथ्यो र ?

सरकारले गरेन भन्नेहरुलाई अब अरिङ्गाल सेना लगाउनु पर्छ । कुन चाँहि ठेकेदारले समयमा काम गरेका छन् र घरबेटीले चाँहि समयमै काम गर्नुपर्ने । कृषिमन्त्रीज्यू कतिपयले अहिले तपाईंको आलोचना पनि गरेका छन्, फिटिक्कै चिन्ता नगर्नुस् । ति झ्ँयासहरुको आलोचनाले तपाईंलाई केही फरक पार्दैन । निषेधाज्ञाको बेला चितवनजस्तो महँगो ठाउँमा पिचरोडमा हातमा नाम्लो र बोरा लिएर लामो लाइन बस्नेहरुले सरकारको इज्जतमा दाग लगाएका छन् । यो सरकारले बनाईको पिचरोडमा त्यसरी नाम्लो र बोरा लिएर उभिन मिल्छ ? आफ्नो इज्जत नभए पनि पिचरोडको इज्जतको त ख्याल गर्नु प-यो नि ! मन्त्रीज्यू निषेधाज्ञाको ठाडो उलंघन गर्नेहरुलाई कानुनसम्मत कडा कारवाही गर्नुपर्छ । तपाईं आँट गर्नुस् साथ दिने ‘हनुमान सेना’ हाँजिर छ ।

तपाईंलाई कहिले काँहि लाग्दो हो । फेरि अर्को चुनाबमा पार्टीले के नारा लगाउने ? सरकारको रबैया जस्तोसुकै होस् चुनाव छेकोमा आकर्षक नारा लगाउनै पर्छ । सम्भव त अर्को चुनावमा पार्टीका लागि नारा बनाउने सदस्य मध्ये एकजना तपाई नै पर्नुहुन्छ । तपाई भैरहवाको मान्छे बुटवललाई ५ नम्बर प्रदेशको केन्द्र बनाइसक्नु भयो त्यही तपाईंको महत्वपूर्ण उपलब्धि हो । बोर्डर छेउमा केन्द्र भइसकेपछि चुनावलाई आवश्यक पर्ने सामग्री कसरी आउँछ मलाईभन्दा बढी तपाईंलाई जानकारी छ । त्यसमाथि घरबेटी पनि छन् नि चुनावमा छाता ओढाउन ठिक्क परेर बसेका । मेडिकल माफिया, औषधि माफिया, जग्गा दलाल, काम अलपत्र पार्ने ठेकेदार । चुनावमा साथ दिनेहरुको सूचि यति लामो छ । लिस्ट बनाउनै तीन दिन लाग्छ ।
त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाईंको ‘समाजवाद’ थेगो असाध्यै बिक्री हुन्छ । समाजबाद कसरी ल्याउनुपर्छ भनेर तपाईं यति राम्रोसँग लेख्न जान्नु हुन्छ । चुनाव घोषणा हुन त दिनुुस् तपाई ति सुन्दर आलेखलाई लाइक, ट्वीट र रिट्वीट गर्ने जिम्मा हाम्रो भो ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन