सप्तरीमा अग्रपंक्तिमा काम गर्ने उच्च जोखिममा

सप्तरी, राजविराज । कोरोना संक्रमणका बेला अग्रपंक्तिमा काम गर्ने सप्तरीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा संचारकर्मीसमेतमा संक्रमण बढ्न थालेको छ ।

शुक्रबारसम्ममा जिल्लामा १५ स्वास्थ्यकर्मी, ८ नेपाली सेना, ८ कर्मचारी र ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक जनाको ज्यान पनि गएको छ ।

संक्रमित हुनेहरु मध्ये तीन जना संचारकर्मी समेत रहेका छन् । संचारकर्मी सबैको उपचार पश्चात् रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार यसरी संक्रमित भएकाहरु मध्ये प्रहरी तर्फ ९ जना निको भई डिस्चार्ज भएका छन् भने २८ जना आइसोलेशनमै उपचारका क्रममा छन् ।
यस्तै यहाँस्थित नेपाली सेनाका भिम दलगणका संक्रमित सबै ८ जना पनि उपचारकै क्रममा छन् । स्वास्थ्यकर्मी तर्फ कुल १५ जना संक्रमित भएकोमा १३ जना निको भई फर्किएका छन् भने दुई जना अझै आइसोलेशनमै छन् ।

यस्तै कोरोना महामारी फैलिए यता स्वास्थ्य, टेलिकम, विद्युत, बैंक तथा वित्तिय संस्था, स्थानिय तह र न्याय सम्पादन लगायतका अत्यावश्यक क्षेत्रमा सेवा प्रदान गर्ने ८ जना कर्मचारी पनि संक्रमित भएका छन् । जसमध्ये एक जना टेलिकमका कर्मचारीको कोरोना कै कारण मृत्यु भएको छ भने ६ जना निको भई घर फर्किएका छन् भने एक जना अझैं उपचारकै क्रममा आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यस्तो संक्रमणका बेला पनि शव व्यवस्थापन, आइसोलेशन तथा क्वारेन्टाइनको रेखदेख, बजारमा देखिने भिड व्यवस्थापन, आसंकित र संक्रमितको परिक्षण र उपचार, अत्यावश्यक क्षेत्रको सेवा प्रभाव तथा कोरोनाले उब्जाएको समस्या र यसले पारेको प्रभाव ’bout पीडितसँग नजिकबाट सूचना लिई समाचार सम्प्रेसन गर्ने लगायतका काममा अग्रपंक्तिमा खटिएका सेना, स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी र संचारकर्मी समेतमा संक्रमणको जोखिम बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा हालसम्म संक्रमितको संख्या ८ सय ५० पुगेको छ भने ८ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना जितेर डिस्चार्ज हुनेको कुल संख्या ६ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी