स्वाव संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट

सांकेतिक तस्वीर

बैतडी । बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा न.५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार कुटपिट भएको हो ।

भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेकोमा आफूले सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले आफुमाथी नै कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भने, ‘विद्यालयमा बैठक चलिरहेको थियो, ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए, मैले यस्तो बेला भीडभाड नगर्नुस भनेर सम्झाउँदा ममाथि कुटपिट भयो ।’

सिगास गाउँपालिका वडा नं ५ मा मंगलबार स्वाब संकलन गर्ने हिसाबले हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए । उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौं, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि समस्या भएको छ ।’

स्थानीयले कुटपिट गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए । उनले भने, ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ, अहिले प्रहरीचौकीमा निवेदन दिएको छु । मैलै पटक पटक आग्रह गर्दापनि उहाँले कुटिरहनुभयो, यो ठाउँमा काम गर्न असहज भयो, यसपछि के हुन्छ, त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।’

यसैबिच स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका ३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई मंगलबार दिउँसो घरबाटै नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । अनुसन्धानपछि कुटपिट गरेको खुलेपछि कार्वाहीको दायरामा ल्याइने डिएसपी अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी