बस्न छोडेको घरमा चितुवाका चार बच्चा फेला

लमजुङ । लमजुङमा एक पुरानो घरमा चितुवाका चारवटा बच्चा फेला परेका छन् । बेसीसहर नगरपालिका– २ को बगाले गाउँमा रहेको मानिस बस्न छाडेको घरमा चितुवाका आँखासमेत खुलेका चार बच्चा फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको प्राविधिक शिक्षालय नजिकै ती बच्चा फेला परेका हुन् । स्थानीय विष्णुबहादुर थापाको घरमा चितुवाका बच्चा भेटिएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ । गाउँलेहरूले मान्छे बस्न छाडेको पुरानाको घरमा चितुवाको बच्चा देखेपछि प्रहरी कार्यालयमा खबर गरेका थिए ।

पानी परेको समयमा माउले बच्चालाई खाली घरमा ल्याएर राखेको हुन सक्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार मान्छेले छोडेर गएको पुरानो घरमा साना–साना चारवटा बच्चा एकै ठाउँमा भेटिएको हो । उनले भने, ‘चितुवाको बच्चाका आँखा समेत खुलेका छैनन् ।’

ती बच्चा जन्मेको केही समय मात्र भएको र सानो बच्चा भएका कारण यतिकै छोडिएको सव डिभिजन वन कार्यालय बेसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाले बताए । उनका अनुसार माउले १÷२ दिनका लागि आफ्नो बासस्थान सारेको हुन सक्ने र पुनः आएर लैजाने भएकाले केही समय ओतमा राखेको हुन सक्ने र केही समयपछि आफैंले लाने भएकाले थप उद्धारको आवश्यकता देखिएन । उनले भने, ‘हिजो साँझ देखिएको ४ वटै बच्चालाई आज बिहान माउले लगिसकेको छ ।’

नेपाली सेनाले प्राविधिक शिक्षालय निर्माण गरिरहेको ठाउँ नजिकैको घरमा चितुवाको बच्चा फेला परेको बेसीसहर नगरपालिका– २, भकुण्डेका घर भएका पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले बताए । उनका अनुसार शिक्षालय निर्माणमा खटिएका स्थानीयले उक्त घरबाट चितुवा निस्केको देखेको र पछि घरभित्र हेर्न जाँदा ४ वटा चितुवाको बच्चा भेटियो त्यसपछि प्रहरी र वन कार्यालयमा खबर गरिएको हो ।

मानिसको बस्तीबाट करीब आधा घण्टा माथि र शिक्षालय निर्माणकार्य भइरहेको ठाउँबाट करीब ५ सय मिटरको दुरीमा उक्त घर रहेको छ । झाडीभित्र रहेको घरलाई सुरक्षित ठानेर चितुवाले आफ्नो बच्चालाई ल्याएको हुनसक्ने स्थानीयको अनुमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए