जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो सो निर्देशन दिएका हुन् । आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेको र दुर्गमा क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष,संचयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका छन् । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह समेत गरे । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे ।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन समेत दिए ।

खर्चकटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरेका छन् । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी,क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार