Sunday, April 18, 2021
Home Editor-Picks संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

,

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ ।

लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो ।

सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बन्न पुगेको थियो ।

दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छ

नेपालको विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो ।

दुई देशबीच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्र लेखेर वार्ता र संवादका लागि आग्रह गरेको थियो । तर, भारतले संवादका लागि नेपालले पठाएको पत्रको प्रतिउत्तर दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिनापछि मात्रै दिए पनि असन्तुष्टि जनाएको थियो ।

संवादहीनता तोडिएसँगै ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिजम्’ (संयुक्त निगरानी संयन्त्र) बैठक बस्यो । बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको थियो ।

परियोजनाको संवादपछि नेपालका लागि भारतीय राजदूत विनय कुमार क्वत्रा स्थलमार्ग भएर भारत गएका थिए । विनयकुमार क्वात्रा भारत जानुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राजनीतिक दलका नेताहरूसँग भेटेका थिए । नेपालसँग सम्बन्ध सुधारका लागि क्वात्राले दिल्लीमा त्यहाँका उच्च तहका अधिकारीसँग भेट गरेर फर्किएको अनुमान छ । एक साताभन्दा लामो बसाइपछि क्वात्रा नेपाल फर्किएर हाल आइसोलेसनमा बसेका छन् । आइसोलेसनबाट निस्किएपछि उनले उच्चस्तरीय भेटघाटलाई तीव्रता दिने तयारीमा रहेको भारतीय दूतावास स्रोतले जनायो ।

सम्बन्ध सुधारकै लागि पछिल्लो समय भारतले अग्रसरता देखाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी गरिरहेको बुझिएको छ । असोजभित्र नेपाल भ्रमण हुन नसके दुई देशका परराष्ट्रमन्त्रीबीच भर्चुअल मिटिङ गर्न सक्ने विकल्प पनि रहेको छ । विदेश सचिवस्तरीय बैठक भने तत्काल गर्ने कि एक महिनापछि गर्ने भन्ने विषयमा भने अन्योल रहेको बुझिएको छ । परराष्ट्र सचिव शंकरदास वैरागीको आगामी असोज २५ गतेबाट पदावधि सकिने भएकाले त्यसभन्दा पहिल्यै बैठक राख्ने पक्षमा नेपाल छ ।

(Visited 814 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न...

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी...

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

ट्रेन्डिङ

बायर्नलाई एक जित आवश्यक

म्युनिख । स्टार खेलाडीबिनै बोरुसिया मोन्चेनग्लाडवाकको चुनौती २–१ पन्छाउँदै जर्मन महारथी बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । बोरुसिया...

एक सय शैयाको आइसोलेशन तयार

सप्तरी, राजविराज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै लगानीमा एक सय शैयाको आइसोलेशन संचालनमा ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिका...

चार जना पुरुषबाट बलात्कृत १४ बर्षीया बालिका आमा बनिन्

धनकुटा । चार जना पुरुषबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक...

राष्ट्रपतिबाट प्रमाणित अध्यादेश सदनले अस्वीकार गर्न सक्ने

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे पनि माथिल्लो र तल्लो सदनबाट पारित नभए निष्क्रिय हुनेछ । संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण...

करिअर बनाउन भन्दै टेनिस खेलाडी एडल्ट साइटमा आबद्ध

एजेन्सी । करिअर बनाउन भन्दै १९ वर्षिय टेनिस खेलाडी एन्जेलिना ग्रावक एडल्ट वेबसाइटमा आवद्ध भएकी छिन् । उनको भनाई अनुसार टेनिस खेल भन्दा यो...

सिरहामा महिलाद्वारा झुण्डिएर आत्महत्या

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर-४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका वडा नम्बर-४ ललभितियाका...

चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी...

कोरोना नियन्त्रणमा सरकारी प्रयास असफल भएको भन्दै काँग्रेसको ज्ञापन

पोखरा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारको क्रियाकलाप फितलो रहेको भन्दै नमुना परीक्षण र उपचार दायरा बढाउन दबाबका लागि नेपाली काँग्रेस संसदीय दल गण्डकीले...

काभ्रेमा एकैदिन ७० जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार जिल्लामा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला...

काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११...

गीतकार राखी गौचनको शब्दमा ‘हे मन’

काठमाडौं । कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर...

राहत कुर्दै पर्यटन व्यवसायी

पोखरा । लगातार लकडाउन ४० दिन नाघिसकेको छ । यसबीचमा नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको छ । पोखराका पर्यटन व्यवसायीले भने आगामी आवको बजेटमा राहत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)