फत्तेमानको स्मृतिमा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । दिवंगत गायक फत्तेमान राजभण्डारीको योगदानको चर्चा गर्दै काठमाडौंमा उनको पुण्यतिथि मनाइएको छ । करिब ६ दशक लामो नेपाली संगीत क्षेत्रमा उनको योगदानको स्मरण गर्दै अझ व्यवस्थित बनाई अघि बढाउन बिहीबार फत्तेमान स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।

अग्रज संगीतकार मिलन मोक्तानको अध्यक्षतामा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । ‘उहाँले हामीलाई छाडेर जानुभएको सिर्जनालाई व्यवस्थित गर्दै उहाँको योगदान’bout आउँदो पुस्तालाई जानकारी गराउन र नेपाली संगीतको विकासका लागि प्रतिष्ठान गठन गरेका हौं,’ अध्यक्ष मोक्तान भने ।

प्रतिष्ठानको संरक्षकमा गायक फत्तेमानकी पत्नी जमुना राजभण्डारी, दुई छोरा रवीन्द्र राजभण्डारी र जीतेन्द्र राजभण्डारी छन् । यस्तै, कार्यसमितिको अध्यक्षमा मिलन मोक्तान, उपाध्यक्षमा दीपरत्न तुलाधर, भुवन श्रेष्ठ, महासचिवमा रमेश प्रधान, कोषाध्यक्षमा विमल श्रेष्ठ रहेका छन् ।

प्रतिष्ठानको कार्यसमिति सदस्यहरूमा डा. गौरीशंकर मानन्धर, श्याम स्मृत, सुप्रिया श्रेष्ठ, लोमस चापागाईं, सुजाता बर्मा रहेका छन् । प्रतिष्ठानको मानार्थ तथा सल्लाहकार समिति चाँडै गठन गरिने अध्यक्ष मोक्तानले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध