सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा ९ जनाको शब भेटियो, २३ वेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शब भेटिको छ ।

हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको शब भेटिएको छ । ८ महिला र एक पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय बा-हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले जानकारी दिए । उक्त पहिरोमा पनि २३ जना वेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानीमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, करनकी श्रीमति रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिबभक्ति र दुई महिनाको वालक रहेका छन् । त्यस्तै पदम कुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी, ट्यक्सि शेर्पा पनि बेपत्ता रहेका छन् । पहिरोले २५ घर बगाएको छ भने २१० घर जोखिममा रहेको छ । सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

epaper

ताजा समाचार

कानुनी सल्लाहकार हटाउँदै प्रधानमन्त्री