Thursday, September 24, 2020
Home प्रदेश प्रदेश ३ विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउ : सांसद संग्रौला

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउ : सांसद संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेशियामा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् ।’ सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गर्न नसक्नु खेदजनक रहेको उनले विज्ञप्तिमा भनिन् ।

डा सङ्ग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली सङ्घका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा श्रम मन्त्रीको पटकपटक ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस   दसैंमा ‘लकडाउन’ हुनसक्ने !

‘कोभिड–१९ महामारीका कारण काम गुमाएर लामो समयदेखि खानका लागि पनि अरुको राहतको आशमा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्ने, दशैँ अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाइयोस्’, विज्ञप्तिमा उल्लेख छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

धेरै पढिएका

बलात्कार अभियोग लागेका एसएसपी अधिकारीमाथि फेरि म्याद थप

पोखरा । बलात्कार अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीको दोस्रो पटक थप ७ दिन म्याद थपिएको छ । घटनाको अनुसन्धानका...

भूकम्पको इपिसेन्टरमा बिहानै भागदौड, पहिरोको जोखिम झन बढ्यो

सिन्धुपाल्चोक । आज बिहानै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै ठुलो क्षती भएको छैन । बिहानै...

कोरोनाविरुद्धको जितले ल्याएको उत्साह

मुलुकमा कोरोना भाइरस संक्रमण हुनेक्रममा केही वृद्धि भए पनि संक्रमण भएकाहरू धमाधम सन्चो भएर घर फर्कनेक्रम जारी छ । संक्रमित हुनेहरूले...

खोलाले बगाएर महिलाको मृत्यु

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी...

ई-पेपर

(Visited 63 times, 1 visits today)