सप्तरी, राजविराज । बलात्कारीलाई कारवाहीका लागि कानूनी उपचारमा जानबाट किशोरीलाई रोक्ने सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.७ कि १७ वर्षिया संगीता मण्डनलाई सोमबार विहान खेतमा गएको बेलामा गाउँकै धरम मण्डल, बब्लु मण्डल, रञ्जित मण्डल र विष्णु मण्डलले बलात्कार गरेका थिए ।
घटनापछि गाउँका अगुवासंग न्यायका लागि सहयोग माग्दा पञ्चायति राखेर गाउँको विवाद गाउमै मिलाउनु पर्ने र बाहिर कुरा पुगे गाउँका सबैको बेईज्जत हुने भन्दै सत्यनारायण, बासुदेब र जयकान्तले पिडित पक्षलाई प्रहरीमा उजुरी नदिन दवाव दिएका थिए ।
गाउँको विवाद गाउँमै मिलाउनु पर्ने भन्दै अगुवाहरुले बलात्कारीहरुबाट पीडितलाई आर्थिक सहयोग दिलाउने निर्णय गरेका थिए । उक्त घटनापछि किशोरीले विक्षिप्त भएर झुण्डिएर आत्महत्या गरेको उनकी आमा रबियादेवीले बताइन् । संगीताले आत्महत्या गरे लगत्तै बलात्कारमा संलग्न चारै जना फरार छन् ।
घटना ’bout जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट पुगेको टोलीले मृतकको शव मंगलबार साँझमै राजविराज ल्याएर बुधबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाएको छ ।
प्रहरीले घटनाको स्थलगत अनुगमन गर्दा संगीतालाई लछारपछार गरेको खेतमा धान माडिएको तथा फूटेका चुराका टुक्राहरु फेला परेको प्रहरी निरीक्षक सन्तोष खड्काले बताएका छन् ।
प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार रवियादेवीले बुधबार ईलाका प्रहरी कार्यालयमा फरार चारै जनाको नाम उल्लेख गर्दै किटानी जाहेरी समेत दिएकी छिन् । मुडभरीले मृतकको धरानमा बुधबारै पोष्टमाार्टम गरी शव आफन्तलाई बुझाईएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी तिलक भारतीले धरानबाट पोष्टमार्टम रिपोर्ट आएपछि वास्तबिकता प्रष्ट हुने भन्दै घटना’bout प्रहरीले सक्रियताका साथ अनुसन्धान थालेको बताएका छन् ।






