Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश २प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

,
sharethis

लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो ।

टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ निवासी ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गङ्गा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

(Visited 172 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

बाजुराको प्याज गनाउँने गाउँ

बाजुरा । भारतको हरियानाबाट आयात गरिएको प्याज ६० रुपैयाँ प्रति केजीका दरले किनेर काठमाडौंवासीले उपभोग गरिरहेका छन् । बिना प्याज काठमाडौंवासीको तरकारी बन्दैन ।...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

विवादित स्थानमा पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एक मतसाथ उभिने भएको छ । ठमेलस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा...

चार एमाले सांसदमाथिको कारबाही वैधानिक

काठमाडौं । सर्वोच्च अदालतले ‘ङ्खलोर क्रस’ गरेर नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई विश्वासको मत दिने कर्णालीका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारबाहीलाई वैधानिक ठहर...

ट्रेन्डिङ

सत्तारूढ नेकपाभित्रै सरकारको आलोचना

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो...

बैतडीको सुर्नया गाउँपालिकामा एक अनौठो शिशुको जन्म

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा एक अनौठो शिशु जन्मिएको छ । सुर्नया गाउँपालिकाको –५ मडकी २१ वर्षीया गिता विकले अनौठो शिशु (छोरा)को जन्म दिएकी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)