अब पालो हल्ककी बहिनीको

दि तपाईं अंग्रेजी फिल्म, खासगरी मार्वेल सिनेमेटिक युनिभर्स’bout चासो राख्नुहुन्छ भने ‘हल्क’को अर्थ त पहिल्याइ रहनै परेन । अब यो सोच्नूस्, के हुन्छ ? जब पर्दामा ‘हल्क’की बहिनी पनि देखिने छिन् । उनी पनि हल्कजस्कै शक्तिशाली र धुरन्धर हुन्छिन् ।

पक्कै पनि तपाईं अहिले भने सही आकलन गर्दै हुनुहुन्छ, हलिउडले पनि यही समाचार सम्पे्रसन गरेको छ । डिज्नी प्लसले ‘हल्क’की बहिनीमाथि मेगा बजेटमा ‘सी हल्क’ सिरिज बनाउने करिब तय गरिसकेको छ ।

डिज्नी प्लसले नया“ सिरीज ‘सी हल्क’ बनाउने तयारी नै थालिसकेको छ । वास्तवमा यो वकिल जेनिफर वाल्टर्सको कथा हो, जो वैज्ञानिक ब्रुस बैनरकी बहिनीसमेत हुन् । तनावको बेला बु्रस बैनरको रिसको पारो शिरसम्म पुग्ने गर्छ । सिरिजको वास्तविक कथा यहीबाट सुरु हुन्छ ।

डिज्नी प्लसको सिरिज मार्भेल सिनेमेटिक युनिभर्सको अर्को विस्तार हो । यसका लागि प्रसिद्ध अभिनेत्री टटियाना मैसलेनीसग अन्तिम चरणमा छलफल भइरहेको जनाइएको छ । करिब फाइनल ‘डिल’ भइसकेको प्रोजेक्मा केही कानूनी प्रक्रियामात्र बा“की छन् ।

‘सी हल्क’ यस्तो पात्र हो, जो दाई हल्कजस्तै आवेशमा आएपछि केही पनि होस राख्दिनन् । यो हल्क प्रजातिको सम्बद्र्धित संस्करण पनि हो ।

हल्कको रुप धारणपछि ‘सी हल्क’ पनि मानसिक सन्तुलन कायम राख्न सक्छिन् । ज्ञान र कौशल प्रयोग गरेर आफूलाई पूर्ववत् अवस्थामा राख्न उत्तिकै सक्षम हुन्छिन्, जुन उनी हल्क हुनुपहिले थिइन् । टटियाना मैसलेनीले बीबीसी अमेरिकाको सिरिज ‘आर्फन ब्लयाक’बाट प्रसिद्ध हासिल गरेकी थिइन् । सन् २०१३ बाट २०१७ सम्म पा“च सिजनमा उनले यो सिरिजमा खूबै चर्चा पाइन् ।

टटियानाले तीनपटक त ‘एम्मी’ र एकपटक ‘गोल्डन ग्लोब’ अवार्ड छनोटमा समेत परिन् । ‘बेस्ट एक्ट्रेस’का लागि उनले ‘एम्मी’

अवार्ड जितिन् ।

कैट कोयरोले ‘सी हल्क’को कार्यकारी निर्माता र निर्देशकमा सम्झौता गरिसकेका छन् । सिरिज लेखनको जिम्मेवारी जेसिका गाओलाई सुम्पिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग