हिमवत् खण्ड नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । आदिशक्ति स्वरूपा महामाया र महादेवको उद्गम स्थलको रूपमा पहिचान भएको नेपाल विभिन्न देवीदेवताको वासस्थानसँगै मानव सभ्यताको उद्गम स्थल पनि हो । विश्वकै ऊँकार जगत हिन्दू र बौद्धको आधिकारिक स्थानका रूपमा हिमवत् खण्डको ठूलो महिमा छ । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाशमान सरोवर र गंगासम्मको भूभाग हिमवत् खण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको भूभाग भारत खण्ड हो । पहिला नेपालको क्षेत्रफल अहिलेको भन्दा धेरै नै रहेको थियो । पाँचौं शताब्दीतिर चन्द्रगुप्त विक्रमादित्यका छोरा समुद्र गुप्तको प्रयाग अभिलेखमा कामरूप (आसाम) र कर्कपुर (कुमाउ र गडवाल क्षेत्र) को हिमवत् खण्ड नेपालको भनी लेखिराखेकाले पनि यो तथ्यको पुष्टि हुन्छ । हिमवत् खण्ड नेपालको विषयलाई लिएर ऋषि वशिष्ठले उपनिषद्मा उल्लेख गर्नुभएको छ–‘भारतखण्डे उत्तरायणे हिमालय तटय स्वर्णभूमि स्वर्ग भूमि ।’ कालिदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो भनिएको छ ।
नेवार समुदायमा सिलाचः¥हे (शिवरात्री) पाहाँचः¥हे (पाहुना खुवाउने चतुर्दशी) र बालाचः¥हे (बालाचतुर्दशी)मा आफ्नै मौलिकपनद्वारा मान्दै र पुज्दै आएका महादेवलाई नेपाल र भारतका भक्तजनले अत्यन्तै श्रद्धापूर्वक मान्ने गर्दछन् । नेपालको पशुपतिनाथ, गोकर्णेश्वर महादेव (उत्तर गया) र पिण्डेश्वर महादेवका साथै विभिन्न महादेवलाई उत्तिकै महत्व दिएर
मान्ने गरिन्छ ।
महादेव’bout पौराणिक इतिहासमा उल्लेख गरिएअनुसार हिमालयको दक्षिण गंगाको उत्तर र काठमाडौं उपत्यका महादेवलाई अत्यन्तै मनपर्ने स्थान हो । त्यस्तै, गोसाइँकुण्ड र पिण्डेश्वरलाई पनि उत्तिकै पवित्र स्थानको रूपमा लिइन्छ । गोसाइँकुण्डको मेला भर्न पनि टाढाटाढा बाट भक्तजन आउने गर्दछन् । त्यस्तै, अमरनाथ, विश्वनाथ, कैलाशमान सरोवरलाई महादेवको तपोभूमिको रूपमा विश्वका हिन्दू र बौद्धहरूले मान्ने गर्दछन् । पशुपति महादेवलाई शिव, किरातेश्वर, शंकर, रुद्र, शम्भु, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गर्दछन् । महादेवको तेस्रो आँखा छ, यसलाई ज्ञानचक्षु भनिन्छ । महादेवको निधारमा पवित्र चन्दन लगाइएजस्तै विश्वका सम्पूर्ण हिन्दूले आफ्ना निधारमा टीका लगाएर आÏनो पहिचान देखाउँछन् । महाभारतको युद्ध समाप्त भएपछि हिमालयतर्पm जाँदा पाण्डवले प्रायश्चितको रूपमा पशुपतिनाथको पूजा गरेको किंवदन्ती छ ।
लिच्छवी वंशका पहिलो राजा विक्रमादित्यको उपाधिधारण गरेर विक्रम संवत्को उत्थान गरी ‘वैशालीधिपति’का रूपमा पशुपति र बज्रयोगिनीको तपस्या गरेर शक्तिप्राप्त गरी बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेको र काशी विश्वनाथको मन्दिर स्थापना गरेको कुरा देव वंशावली र हिमवत् खण्डमा उल्लेख गरिएको छ । कैलाशमान सरोवर महादेवको क्रीडास्थल र तपस्थान हो । यो क्षेत्र हिमवत् खण्डको भूभाग हो । मानवकल्याणका निम्ति विष पिएर घाँटीमा राखेकाले त्यसको दाहबाट मुक्त हुन त्रिशूलले जल निकाली कुण्ड बनाएर उही कुण्डमा विराजमान भएकाले गोसाइँ कुण्डको ठूलो महिमा भएको हो । १८ पुराणमध्ये सबैभन्दा बढी महिमा महादेवको रहेको पाइन्छ । शिवपुराण महादेवको महिमाको वृतान्त हो । हिमवत् खण्ड पुस्तकमा मरिचि, पुलह, ऋतु, भृगु, अत्रि आदि ऋषिहरूले पशुपति महादेवको पूजा गरेको उल्लेख गरिएको छ ।
पौराणिक कालदेखि नै नेपालका राजाले पशुपतिको पूजा, आराधना र सम्मान गर्दै आइरहेको देखिन्छ । पौराणिक कालमा नेवार राजोपाध्यायले पशुपतिनाथको पूजाआजा गर्दथे । १७१४ सालपछि राजोपाध्यायले सहयोगका लागि बनेपाबाट नेवार जातिका पुजारीलाई पशुपतिको भण्डारे बनाइएको हो । पछि यक्ष मल्लको कर्नाटकका राजासँग सम्पर्क भएपछि कर्नाटक राजाले सहयोग स्वरूपतान्त्रिक ज्ञानानन्द र लुम्भवर्ता भट्टलाई पठाएको र पछि उनै तान्त्रिक भट्टहरू पशुपतिनाथको पुजारी बनाइएको हो । १४०० सालतिर बंगालका नवाब सुल्तान समसुद्धिनले पशुपति क्षेत्रमा बसेर पशुपति क्षेत्रको जीर्णोद्वार र पुनरुत्थान गरी पशुपतिपारी राममन्दिर निर्माण गरेका हुन् । राजा जयस्थितिमल्लले ललितपुरमा कुम्भेश्वर महादेवको स्थापना गरेर कोटीहोम गरी शुद्ध शान्ति गरेका थिए । त्यही बेलादेखि पशुपतिको मन्दिरभित्र हिन्दू र बौद्धबाहेक अन्यलाई प्रवेश निषेध गर्ने नियम चलाइएको हो ।
नेपालको पशुपतिनाथ विश्वकै अर्बाैं हिन्दूको आस्थाको केन्द्रबिन्दु रहिआएको छ । प्रत्येक वर्ष महाशिवरात्रिका दिन नेपाल र भारतलगायत विश्वका अनेकौं भागबाट श्री पशुपतिनाथको दर्शन गर्न लाखौं भक्तजन आउने गर्दछन् । देवाधिदेव महादेव मात्र एक यस्ता देवता हुनुहुन्छ जसलाई लिंगका रूपमा पूजा गरिन्छ । यसैले, शिवमन्दिरमा भगवान् शिवको यही रूपलाई स्थापित गरिएका पाइन्छ । हुन त शिवलिंगलाई लिंगको रूपमा नलिई यसलाई आकाश र पातालको मेयुको रूपमा लिइएको पनि पाइन्छ । शिवलिंगको वर्णन शिव–वायु पुराणको साथै रामायणमा पनि पाइन्छ । रामायणकाअनुसार जब भगवान रामले रावण संहार गरेर लंकाबाट फर्किंदा बालुवाबाट शिवलिंगको निर्माण गरी रामेश्वरमको स्थापना गर्नु भएको थियो । यसको अलावा एउटा अर्को पौराणिक कथा यो पनि छ कि सृष्टिको आरम्भमा शिवले लिंग रूपमा प्रकट हुनु भएर आफ्नो विस्तारको ज्ञान भगवान् विष्णु र ब्रह्माजीलाई अवगत गराउनुभएको थियो ।
शिवलिंगकै चर्चा गर्नु पर्दा विश्वमै चर्चित हुनेगरी बनाइएको अग्लो शिवलिंग भारतको कर्नाटकको कोलार जिल्लास्थित कोटिलिंगेश्वर धाममन्दिर रहेको छ । यस शिवलिङ्गको उचाइ १०८ फिट छ । त्यस्तै, झारखण्डको गिरिडीहस्थित हरिहर धाममन्दिरमा भगवान् शिवको दोस्रो अग्लो शिवलिङको उचाइ ६५ फिट छ । अरुणाचल प्रदेशको जिरोमा स्थित सिद्धेश्वरनाथ मन्दिरमा २२ फिट अग्लो शिवलिङ रहेको छ । त्यस्तै, भारतकै तमिलनाडुमा रहको बृहदेश्वर मन्दिरमा एउटै ढुंगाबाट बनेको १३ फिट उचाइ भएको शिवलिङ रहेको छ भने मध्यप्रदेशको अनुपसुरस्थित अमरेश्वर महादेवको मन्दिरमा भगवान् शिवको ११ फिट उचाइ भएको शिवलिङ रहेको छ । यहाँ १२ ज्योतिलिङको पनि दर्शन गर्न पाइन्छ । यसरी विश्वमै चर्चित अग्ला शिवलिङले पनि भगवान् शिवको महिमा, गौरव गरिमालाई उजागर गरिरहेको पाइन्छ ।
हरेक वर्ष महाशिवरात्रीका दिन विश्वका सम्पूर्ण हिन्दूले अत्यन्तै श्रद्धापूर्वक भगवान् शिवको पूजा आराधना गर्दछन् । नेपाल र भारतमा रहेको सम्पूर्ण शिव मन्दिरमा रातभर धुनी जगाई जाग्राम बस्दछन् तथा भगवान् शिवको भजन किर्तन गरी शिवरात्रि मनाउने गर्दछन् ।