काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित, ६ जनाको मृत्यु

तस्वीर : रासस

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १ पुरुष र ५ महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका ४, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?