घुन्सा दुर्घटनाको सम्झनामा

काठमाडौं । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणकर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको १४ वर्ष पुरा भएको छ । दुर्घट्नामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै  राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ ।

२०६३ असोज ७ मा भएको दुर्घट्नामा निधन भएकाहरूको स्मरण गर्दै असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउँने गरिन्छ । यस अवसरमा जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले एक कार्यक्रमको आयोजना गरी दुर्घट्नामा परि दिबङ्गत  भएकाहरुको सम्झनामा एक मिनट मौनधारण गरि तस्वीरमा माल्यार्पण कार्य सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष पुष्पराज पाण्डेले कार्यक्रममा बोल्दै ‘तत्कालको लागि संरक्षणविधामा योजना नभए पनि चौमासिकमा संशोधन गरेर निरन्तरता दिइने शहरी विकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणीराम गेलालले अाश्वासन िदएकाे र अधुरा रहेका पार्क तथा बाटो संसोधन गरी निरन्तरता दिइने बिश्वास दिलाएकाे कुरा जानकारी गराए।

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राई सहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फलेस्थित घुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो । घुन्सा हेलिकोप्टर दुर्घट्नामा मृत्यु भएका स्वदेशी तथा विदेशी २४ जनाको अर्धकदको शालिक काठमाडौको रामकोटमा स्थापना गरिएको छ । शहिद पार्क नामांकन गरिएको उक्त पार्क भित्र राजारानी ताल, राधाकृष्ण मन्दिर, सुमिङपुल लगायका अन्य संरचनाहरुको पनि निर्माण कार्य भैरहेको संस्थाका अध्यक्ष पुष्पराज पाण्डेले जानकारी गराए।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म