बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको आज साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो । आज बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो । रासस 

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा