प्राकृतिक विपत्तीको अध्ययन गर्न नेकपा सिन्धुपाल्चोकको कार्यदल

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा विपत्तीको कारण खोजी गरी न्युूनीकरणको उपाय र विस्थापित बस्तीहरुलाई कसरी सुरक्षित स्थानमा स्थान्तरण गर्ने भन्ने विषयमा सतारुढ दल नेकपा सिन्धुपाल्चोकले छलफल सुरु गरेको छ ।

सिन्धुपाल्चोकमा विपत्तीका श्रृङखला बढ्दै गएपछि सात सदस्यी जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजिकरण कार्यदल गठन गरेर विपत्तीको विषयमा अध्ययन सुरु गरेको थियो ।

कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन उपर नेकपाबाट निर्वाचीत स्थानीय तहका प्रमुख,उपप्रमुख, नेकपाका १२ स्थानीय कमिटीका नेताहरु,प्रदेशका सासंद मन्त्री, संघीय ससंदका प्रतिनिधिहरु राखेर अध्ययन प्रतिवेदन माथी छलफल भएको थियो । नेकपा केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ को संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपाका केन्द्रीय सदस्य दावा तामाङ, पूर्व सासंद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल, प्रदेश सदस्य सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, जिल्ला सदस्य गम्भीरलाल श्रेष्ठ रहेको कार्यदल गठन गरेको थियो ।

नेकपा सिन्धुपाल्चोकको कार्यदलले असारयता बाह्रविसे, भोटेकोशी, जुगल, पाँचपोखरी, सुनकोशीलगायतका स्थानीय तहमा बाढीपहिरोले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेर त्यसबाट प्राप्त तथ्यमा आधरित रहेर प्रतिवेदन तयार पारीएको कार्यदलका संयोजक माधव सापकोटाले जानकारी दिए । ‘हामी बस्ती स्तरमा नै पुगेर त्यहाँ भएको प्राकृतिक विनाशलिलाको अवस्था अध्ययन गरेर आएका छौं’, संयोजक सापकोटाले भने–‘विपत्तीपछि हामीले त्यहाँका विस्थापितहरुसँग समेत छलफल गरेर राय सुझाव समेटर प्रतिवेदन बनाएका छौं ।’

कार्यदललले बनाएको प्रतिवेदन कार्यन्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई अनुरोध गर्ने कार्यदलका सदस्य पूर्व सासंद सुभाष कर्मचार्यले जानकारी दिए । ‘हामी कुन सरकारबाट विस्थापितहरुलाई के गर्न सकिन्छ भनेर कार्यदलमा छलफल गरेर प्रतिवेदन बुझाउने तयारीमा छौं’, छलफलमा कार्यदलका सदस्य कर्माचार्यले भने ।

पहिलो चरणमा विपत्तीपछि जिल्लाको सिागो पार्टी नै खोज, उद्धार, राहात र अस्थाई बासस्थानमा केन्द्रीत रहेको र अब दिर्घकालिन योजनाका साथ पार्टी अघि बढ्ने कार्यदलका सदस्य समेत रहेका नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए ।

कार्यदलले निकाल्यो विपत्तीका प्रमुख १२ कारण
नेकपा सिन्धुपाल्चोकले गठन गरेको प्रकृतिक प्रकोया अध्ययन,न्युनिकरण तथा सहजीकरण कार्यदलले जिल्लाका विभिन्न स्थानमा भएका विपत्ती हुनुमा प्रमुख १२ कारण रहेको औंल्याएको छ । कार्यदलले विपद जोखिम न्यूनीकरण र विकास निर्माण कार्यबिच आवश्यक तलमेलको कमी हुनु, कमजोर भू–बनोट, भिरालो र उच्च पहाड,प्राकृतिक स्रोतहरुको अव्यवस्थीत तथा अत्याधिक दोहनलगायतका कारण विपत्ती भएको कार्यदलको निष्कर्ष रहेको छ ।

त्यस्तै भू उपयोग योजना,भवन संहिता निर्माण र कार्यान्वयन नहुनु, एकीकृत सूचना प्रणालीको अभाव, संकट आकालनको पूर्वमुल्यांकन नहुन, अव्यवस्थित रुपमा बस्ती÷शहरीकरण विस्तार हुनु, आपतकालिन अवस्थाका लागि दष र यथेस्ट मानव स्रोत, उपकरण र बन्दोबस्तीका सामग्री नहुनुलगायतका कारणले विपत्ती र विपत्ती पछिको समस्याका कारण रहेको ठहर गरेको छ ।

यस्तो छ कार्यदलको सुझाव
नेकपाको कार्यदललले स्थानीय, प्रदेश र संघीय सरकारलाई विपत्ती पछिको समस्या समाधानका लागि विभिन्न सुझावहरु समेत दिएको छ । प्राकृतिक विपदका कारण जोखिम बस्ती स्थान्तरण गरी एकीकृत बस्ती निर्माणका सन्र्दभमा आवश्यक पर्ने कानुन निर्माण गर्नुपर्ने आफुहरुको कार्यदलको सुझाव रहेको कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिए ।

कानुन निर्माण गर्दा भूगोलको मात्रै विषयमा केन्द्रित नरही स्थान्तरण हुने बस्तीमा बस्नेत जोखिम बस्तीका परिवारको पारिवारीक, आर्थिक, सामाजिक विकास तथा सुरक्षालगायतका विषयमा उचित प्रबन्ध हुने गरेर कानुन निर्माण गर्नका लागि कार्यदलले सुझाव दिएको छ ।

कार्यदलले निश्चित बस्तीहरुको छनोट गरी पुर्वाधार, बस्ती विकास, आर्यआर्जन जीविकोपार्जन, सरकारी सेवा प्रवाहलगायतका विषयहरुमा केन्दित गरी रोल मोडल बस्तीहरुको विकास गर्नका लागि प्रदेश र संघीय सरकारलाई कार्यदलले सुझा दिएको जिसस सिन्धुपाल्चोकका सदस्य कृष्णगोपाल तामाङले जानकारी दिए ।

जनप्रतिनिधिले भने– अबको बस्ती जीविकोपार्जन सहितको
कार्यदलले पेश गरेको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमा नेकपाबाट प्रतिनिधित्व गरेको नौ स्थानीय सरकारका प्रमुख/उपप्रमुखहरुले सुझाव दिएका थिए । स्थानीय सरकारका जनप्रतिनिधिहरुले अब फेरि पनि जुरे पहिरोको जस्तै नियती दो-याउन नहुनेमा जोड दिएका थिए । ‘हामीले जुरे पहिरोबाट पाठ सिकेर अघि बढ्नु पर्छ, होइन भने फेरि पनि जुरेकै अवस्था हुन सक्छ’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । वागमती प्रदेश सभाका सदस्य सरेश नेपालले अब ढिला नगरी फास्ट ट्रयाकबाट पीडितहरुलाई सुरक्षित स्थानमा पुनस्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अब बस्ती निर्माण गर्दा आर्थिक रुपमा समेत समृद्ध हुने गरी बस्ती बसाल्नुपर्नेमा जोड दिए । अबका बस्तीहरु व्यावहारमा नै सुन्दर हुने गरी निर्माण हुनु पर्छ, अब विकल्प सहितको जीविकोपार्जन हुने गरेर बस्ती बसाल्नु पर्ने मन्त्री दुलालको भनाई थियो ।

वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले केन्द्रीय सरकारले सिन्धुपाल्चोकलाई विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरेकाले अब प्रदेश सरकारले पनि त्यही अनुसार केन्द्र सरकारसँग समन्वय गरेर काम गर्ने बताए । पूर्वमन्त्री शेरबहादुर तामाङले अब सिन्धुपाल्चोकका कुनै एउटा बस्ती मात्रै नभएर जिल्लाभरका सबै बस्तीहरुको अध्ययन गरेर मात्रै बस्ती विकास गर्नुपर्नेमा जोड दिए । नेकपा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले अब स्थानीय सरकारहरुले विकासका कार्यहरु गर्दा स्काभेटर सञ्चालन गर्ने सम्बन्धमा गम्भीर भएर बोल्ड निर्णय गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित