इलाम नगरपालिकाको क्वारेन्टाइन भोलिदेखि बन्द

इलाम । इलाम नगरपालिकाको बसपार्कमा रहेको क्वारेन्टाइन अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि बनाइएको क्वारेन्टाइन अर्को निर्णय नभएसम्म असोज १५ गतेदेखि बन्द गर्ने निर्णय गरिएको हो ।

दुई दिन अघि क्वारेन्टाइनमा भएको १९ जनाको रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाईनमा पाँच जना रहेका छन । पाँच जना वाहिरी देशबाट आएका र उनीहरुले आफू आएको देशमा श्वाव परिक्षण गरेरै आएको कारण क्वारेन्टाइन खाली भएपछि बन्द गर्ने निर्णय भएको हो । उनीहरुको यहाँ आएपछिको रिपोर्ट आइकन मात्र उहाँहरुलाई विदा दिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल क्वारेन्टाइनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा लैजाने र नेगेटिभ भए घर पठाउने तयारीमा रहेको स्वास्थ्य शाखाको भनाई छ । हाल सञ्चालनमा रहेको क्वारेन्टाईन बन्द भएसँगै विदेशबाट आएका व्याक्तिलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने भए इलाम नगरपालिकाले लागू गरेको होम क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको छ । होम क्वारेन्टाइनमा बस्नुपर्ने व्याक्तिले नगरपालिकाले तोकोको मापदण्ड पालना गर्नुपर्ने र सम्बन्धीत वडा कार्यालयबाट निगरानी गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन