मुम्बई इन्डियन्सको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन्स विजयी भयो । उसले पञ्जावलाई ४८ रनले पराजित गरेको हो । चार खेल खेलेको मुम्बइको यो दोस्रो जीत हो ।

युएईको आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे ।

जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ४४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् ।

आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्ससनराईजर्स हैदरावाद भिड्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग