अरिङ्गालको टोकाइबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का एक पुरुषको अरिङ्गालले चिल्दा मृत्यु भएको छ । बारीमा घाँस काट्न गएका स्थानीय ४० वर्षका वाङदोर्जे तामाङलाई शनिबार बिहान अरिङगलले चिलेको थियो ।

उनलाई उपचारको लागि बाह्रविसेको किस्टोन अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्पतालमा लैजादा गर्दा बाटोमा नै उनको मृत्यु भएको धुलिखेल अस्पतालले जानकारी दिएको छ । अस्पतालमा ल्याउदा बाटोमा नै मृत्यु भइसकेको रहेछ अस्पताल प्रशासनले भन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई मेयर साहको आग्रह