क्यानभासजस्तो गाउँ

सदियौंदेखि पानीमाथि बलिरहेको ज्वाला । संस्कृतमा आगोलाई ‘ज्वाला’ भनिन्छ । यही भएर ‘ज्वाला’ भनियो । पौराणिककालमा राजामहाराजाले ‘देवता’ मान्दै आएकाले कर्णाली प्रदेशवासी यही ज्वाला पुज्छन् । तर, ज्वाला ‘कति सालमा भेटियो र कसले भेटाएको ?’ भन्ने अहिलेसम्म पत्तो छैन ।

जिल्ला आउने अधिकांश नेता ज्वाला क्षेत्र दर्शन गर्छन् । केही महिनादेखि यस क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन भइरहेकाले ‘ज्वाला जाला’ भन्नेमा स्थानीय चिन्तित छन् । पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस भएको खानी तथा भूगर्भ विभागले पहिल्यै पुष्टि गरिसकेको छ । चिनियाँ टोलीको प्रतिवेदनमा ‘पुनः लिक्विफाइड पेट्रोलियम (एलपी) ग्याँस सजिलै भर्न सकिने’ उल्लेख भएपछि उत्खनन थालियो ।

चिनियाँ विशेषज्ञ टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपछि ग्याँस प्रशोधन भए आयआर्जन वृद्धि हुनुका साथै विकास निर्माणमा सहयोग हुनेमा जिल्लावासी आशावादी पनि छन् । ग्याँस प्रशोधन भए दैलेखवासीको मात्र होइन, सिंगो मुलुक समृद्धतिर अघि बढ्ने बुद्धिजीवीको भनाइ छ ।

पौराणिककालमा देवताहरूले तपस्या गरेर बसेको पवित्र भूमि भएकाले ‘देवलोक’बाट अपभ्रंस हु“दै ‘दैलेख’ नाम रहन गएको किंवदन्ती छ । कतिपयले धेरै मात्रामा दूधदही पाइने भएकाले ‘दहीलेक’ अपभ्रंस भएर ‘दैलेख’ बनेको अथ्र्याएका छन् । सिंगो कर्णाली प्रदेशका जुम्ला, हुम्ला, तथा मानसरोवर जाने एक मात्र बाटो दैलेखमा धार्मिक, ऐतिहासिक पर्यटन, पदयात्राका रूपमा समेत विकास गर्न सकिने सम्भावना प्रशस्त छ ।

चिनियाँ विशेषज्ञ टोलीबाट पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपछि ग्याँस प्रशोधन भए आयआर्जन वृद्धि हुनुका साथै विकास निर्माणमा सहयोग हुनेमा जिल्लावासी आशावादी पनि छन् । ग्याँस प्रशोधन भए दैलेखवासीको मात्र होइन, सिंगो मुलुक समृद्धतिर अघि बढ्ने बुद्धिजीवीको भनाइ छ

नेपाली भाषा उत्पपति जुम्ला सिंजा राज्य मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेख दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढाईपालद्वारा शाक्य ९ सय ३ तदअनुसार १ हजार ३८ सालको शिलालेख दुल्लु नगरपालिकामा छ ।

१४ सय १४ सालको पृथ्वी मल्लले बनाएको सात हात लामो कीर्तिस्तम्भ पनि दुल्लुमै छ । नेपाली भाषाको १ हजार ३८ सालको किर्तिखम्ब साथै नेपाली भाषा सुरुवात पहिलो ९ सय ३८ वर्ष पुरानो शिलालेखसमेत दुल्लु क्षेत्रमै छ ।

नेपालकै पवित्र तीर्थस्थलमध्ये पञ्चकोसी यसै जिल्लामा पर्छ । शिरस्थान, नाभीस्थान, कोटिला, पादुका, धुलेश्वर, भैरवी, तल्लो ढुगेश्वर मुख्य तीर्थस्थल हुन् । पञ्चकोसीस“गै सदरमुकाममै रहेका बेलासपुर, गणेश मन्दिर, स्वामी कार्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भीमसेन, बागभैरव, नारायण, बज्रभैरव मन्दिर छन् ।
बिन्द्रासैनी, भवानीमाई, नौधारा, भैसाखोर, दुधेमष्ट, बुकिमाई, मालिका देवी, दाणेमष्ट, जगनाथ माहावै, बडाभैरव, कालसैनी कालिकालगायत जिल्लाभर छरिएर रहेका प्रसिद्ध मन्दिरमा पर्छन् ।

धार्मिक तथा पुरातात्विक स्थलमा दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, कीर्तिखम्ब, पाथरनाउली, सातखम्ब, पञ्चदेवल, वाणगंगा, पौवा, दुल्लुदरबार, लकान्द्रको भीमपाइला छन् भने अन्य पर्यटकीय स्थलमा गुरा“से, रानिमत्ता, राकम कर्णाली, माहाबु, तिनचुले, द्वारीको बुलबुल झरना, कुइयाँको ताल, भैरवकुण्ड, धाउरपानी गुफा, रानिगुफा, छहारी गुफा रहेका छन् ।

दैलेख सदरमुकाममै जोडिएको कोतगढी, जिल्लाभरका ऐतिहासिक देवलमध्ये सबैभन्दा धेरै २५ देवल रहेको भुर्तीस्थित पञ्चदेवल र नजिकैको पञ्चदेवललाई संयुक्त राष्ट्रसंघीय युनेस्कोले ९ सय वर्षअघि साके संवत् १३२१ वैशाखमा निर्माण गरिएको भन्दै विश्व सम्पदामा सूचीकृत गर्न सिफारिससमेत गरेको छ । यसलगायत बाटैभर रहेका ढुगांका खम्बा, कुइकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पञ्चदेवल पुरातात्विक स्थलमध्येकै नमुनाका रूपमा पर्छन् ।

स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा महादेव पत्नी सत्तिदेवीको मृत्युपछि महादेवले सतिदेवीको शव काँधमा बोकेर संसार परिक्रमा गर्नेक्रममा हडी पतन भई ढुंगेश्वर, कोख पतन भई कोटिला, शिर पतन भई शिरस्थान, नाभी पतन भई नाभीस्थान, पाउपतन भई पादुका र बाँकी अंश पतन भई धुलेश्वर शक्तिपीठ रहन गएको उल्लेख छ । पञ्चकोसी तीर्थयात्रा पूरा गरे जीवनमा गरेका पाप नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनको विश्वास छ ।

कोटिला
कोटिला सदरमुकामदेखि पैदल १ घण्टामा पुगिन्छ भने सवारी साधनमा आधा घण्टामै । यहाँ सत्तिदेवीको कोख पतन भएकाले त्यस क्षेत्रलाई ‘कोटिला’ नामकरण गरिएको हो । सुमेरु पर्वतका रूपमा पहिला छामघाट र कोटिला खोलाले घेरेको टापुमा दधिची ऋषिले तपस्या गरेको वरपीपलको बुटासँगै छ । कोटिला मन्दिर क्षेत्रमा दिनरात पूजाआजाका लागि साधुसन्त र माई बस्ने आश्रमसमेत निर्माण गरिएको छ ।

नाभीस्थान
शिरस्थानबाट आधा घण्टा पैदलपछि उत्तरतर्फ नाभीस्थानमा पुगिन्छ । शिरस्थानमा जस्तै नाभीस्थानमा पनी इन्द्रज्वाला र बडी ज्वालाका नामले दुई ज्वाला अहोरात्र बलिरहेको छ । यहाँ कालभैरव मन्दिर छ, जसलाई पूजाका दिन पुजारीबाहेक अरूले हेर्न नहुने मान्यता छ । नाभीस्थानमा रहेको ढेड सय वर्ष पुरानो स्वामीको रूखले यो ठाउँ अझै मनमोहक बनाएको छ । नेपालको दुर्लभ मानिने ३ सय वर्ष पुरानो रुद्राक्षको बुटासमेत नाभीस्थानमै छ ।

नेपाल भ्रमणमा हिँडेका योगी नरहरिनाथले नाभीस्थानमा कोठीहोम गरी दैलेखमा रहेका ऐतिहासिक, पुरातात्विक शिलालेख, अग्निकुण्ड, छिपेका मूल र लुकेका मूर्तिसमेत उत्खनन गरेको पाइन्छ । नाभीस्थानमा पनि शिरस्थानमा जस्तै गाधीघर छ भने दुल्लुका राजा भक्तबहादुर शाहले १७ सय ९४ मा चढाएको घण्टलगायत छन् । यहाँ पनि गुठीबाटै पुजारी र महन्तले पुजाआजा चलाउँदै आएका छन् ।

धुलेश्वर
नाभीस्थानबाट २ घण्टा पैदलपछि उत्तर पश्चिममा पर्ने टाकुरामा पर्छ । धुलेश्वर मन्दिरमा महादेवपार्वती र राधाकृष्णको प्रसन्न मुद्राका महत्वपूर्ण मूर्ति छन् । तिनमा नियमित पूजाआजा गरिन्छ । २ सय ३ वर्षअघिसम्म यहाँ खरानी र बालुवाका कण फुस्फुसाइ निस्किएको देख्न सकिन्थ्यो । हाल, आगो बालेको बेला जमिनमुनिबाट हावा आउने गरेको स्थानीय भनाइ छ । धुलेश्वरमा धुलो जम्मा भएको कुण्ड मन्दिरभित्र छ । धुलेश्वरलाई ‘मृत ज्वाला’ कुण्डका रूपमा लिइन्छ । यो नै नेपालको एक मात्र ज्वालामुखीको चिह्न भएको स्थान हो ।

पादुका
पादुका पञ्चकोसी तीर्थस्थलको अन्तिम क्षेत्र हो । धुलेश्वरबाट २ घण्टा पैदलपछि यस क्षेत्र पुगिन्छ । मध्यपहाडी लोकमार्ग भएर जाँदा १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ । धार्मिक र पुरातात्विक रूपमा पादुका उत्तिकै महत्वपूर्ण मानिन्छ । पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहारसमेत रहेको त्यहाँका अवशेषले देखाएका छन् । शिरस्थान र नाभीस्थानजस्तै पादुका मन्दिरमा निरन्तर बल्ने ज्वाला मन्दिर रहे पनि देवघाटकिनार २०१३ सालमा आएको भीषण बाढीले बगाइदिएपछि हाल यस ठाउँमा ज्वाला बलेको छैन ।

महत्वपूर्ण मूर्ति रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक चल्लको पालामा पादुकाको दुई मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुंगाको स्तम्भमा १२४० मा कुँदिएको एसियाकै दुर्लभ मानिने बुद्धमूर्तिसँगै दुर्लभ चारहाते गणेश मूर्तिसमेत अवस्थित छ । धार्मिक दृष्टिकोणले पञ्चकोसी क्षेत्रको निकै ठूलो महत्व हुँदाहुँदै पञ्चकोसी क्षेत्रमा निरन्तर बलिरहेका ज्वालाकै कारण नेपालको कुनै भू–भागमा प्रेटोलियम पदार्थ हुन सक्ने वैज्ञानिकको ठहर छ ।

शिरस्थान
ज्वाला क्षेत्र भएको महत्वपूर्ण धार्मिक क्षेत्र हो, शिरस्थान । शिरस्थान मन्दिरको ज्वाला दर्शनका लागि दैलेख बजारबाट एकघण्टा पैदल र आधा घण्टा सवारी साधनमा शिरस्थान पुग्न सकिन्छ । नेपालकै भूमिमा सबैभन्दा महत्वपूर्ण मानिने पानीमाथि सदियौंदेखि निरन्तर बलिरहेको ज्वाला देख्न सकिन्छ । खोलाको भित्ताभित्ता पनि ज्वाला छ ।

दैलेख सदरमुकामदेखि आठ किलोमिटर पश्चिम गमौडीमा पर्ने शिरस्थानमा ज्वाला निरन्तर बलिरहेको छ । यस ठाउँमा खोलाको पानीमा देखिने भुल्कामा समेत आगो बलेको हेर्न पाइन्छ । १६२५ सालमा दुल्लुका राजा प्रताप शाही र बेलासपुरका राजा संग्राम शाहीले संयुक्त रूपमा शिरस्थान ज्वाला मन्दिर निर्माण गरेको शिलालेखमा उल्लेख छ । जिल्लामा कसैको मृत्यु हुँदा शिरस्थान र नाभीस्थानमा रहेको ज्वालाको आगोबाट दाहासंस्कार गरे स्वर्गलोक पुग्ने मान्यता रहिआएकाले जिल्लाभरका मृत्यु भएकाको दाहसंस्कार गर्न शिरस्थान र नाभीस्थान आर्यघाटमा पु¥याउने परम्परा छ । टाढाका मानिसले ज्वाला कपडा आगो सल्काएर दाहसंस्कार गर्ने चलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निहारिका र शिवराजले जानकी मन्दिरमा विवाह गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु