पूर्वसभामुख महराको पुनरावेदनमा आज सुनुवाई

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी तोकिएको छ ।

यसअघि उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्वन्धी कागजात मगाउने आदेश दिएको थियो । महराले उच्च अदालतमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका थिए ।

आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्नेछ । आफू अनुकुल उच्च अदालतको आदेश नआए महरा सर्वाेच्च जान पाउने छन् । त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ ।

सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा उनलाई बकपत्रका लागि उपस्थित गराएको होे । न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशपछि उनी डिल्लीबजार कारागारमा बसिरहेका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा राजधानीकर्मी पाण्डे निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद