सिन्धुपाल्चोक । जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया चौतारा ‘ङ’ (प्रहरीले राखेको नाम) असोज १५ गते परिवार नियोजनको अस्थाई साधन डिपोको सुइ लगाउनका लागि जलविरे बजारमा आएकी थिइन् ।
जलविरेको स्थानीय स्वास्थ्य संस्थामा डिपोको सुइ लगाएपछि उनी बस चढेर स्थानीय कात्तिके बजारमा पुग्दा ढिला भइसकेको थियो । घरमा पुग्न ढिला हुने कात्तिकेमा बास बस्न नपाएपछि स्थानीय मान्जेमा रहेको आफन्तको घरमा बास बस्न जाने योजना ती महिलाले बनाएकी थिइन् ।
भोक लागेकोले कात्तिके बजारको एउटा होटलमा उनले खाजा खाएकी थिइन् । खाजा सँगै उनले पनि मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । “महिलाले पनि हल्का मदिरा सेवन गरेको हामीलाई जानकारी आएको छ ” डीएसपी सापकोटाले भने ।
मादक पदार्थ सेवन गरेर मत्तिएका दुइ युवाले बजारभन्दा केही माथी सडक छेउमा पु-याएर आफुलाई जर्बरजस्ती गरेको ती महिलाले प्रहरीलाई जानकारी गराएकी छन्
बेलुकी भएपछि मान्जेसम्म कसरी पुग्ने उनलाई समस्या भएको थियो । त्यही बेला चिनजानकै दुइ जना युवा मोटरसाइकलमा आएको र आफुहरुले घरसम्म लगिदिन्छु भने पछि उनी युवाहरुको बाइकमा बसेकी थिइन् । “घर जान ढिला भए हामी लगिदिन्छौ भनेपछि ती युवाहरुको मोटरसाइकलमा चढेर गएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ” डीएसपी सापकोटाले भने ।
मादक पदार्थ सेवन गरेर मत्तिएका दुइ युवाले बजारभन्दा केही माथी सडक छेउमा पु-याएर आफुलाई जर्बरजस्ती गरेको ती महिलाले प्रहरीलाई जानकारी गराएकी छन् । महिलालाई चार जनाको समुहले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जानकारी दिएको छ । ‘महिलाको अवस्था अहिले अलि असामन्य रहेको छ, चार जना भनेर जाहेरीमा भनिएको छ, दुई जना पक्राउ परेका छन्, अन्य दुईको खोजी भइरहेको छ’, सापकोटाले भने ।
स्थानीय कुचुती भन्ने स्थानमा पुगेपछि बाइकमा लगेका युवाहरुले बलात्कार गरेर सडकमा रहेको बोलेर गाढीमा छाडेर उनीहरु भागेका थिए । बिहान होसमा आउँदा मात्रै आफु बालात्कृत भएको थाहा पाएपछि उनले आफन्तलाई जानकारी गराएकी थिइन् । ‘घटना भएको दुई दिन पछि मात्रै प्रहरीको मा जानकारी आएको छ, जानकारी आउन साथ हामीले अनुसन्धान सुरु गरेका छौं’, डीएसपी सपाकोटाले भने ।
प्रहरी कार्यालयमा असोज १८ गते जाहेरी आएको र १९ गते नै मुद्दा दर्ता गरिएको डीएसपी सापकोटाले जानकारी दिए । घटनामा प्रयोग भएको मोटरसाइकाल र बोलेर गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुइ जना पनि छिट्टै पक्राउ गर्ने डीएसपी सापकोटाले जानकारी दिए । बलात्कृत महिलालाई अहिले सेफ हाउसमा राखिएको छ ।






