कारागारमा सामाजिक दुरी कायम गर्न कठिन

बागलुङ । जिल्ला कारागार कठिन क्षमता भन्दा अधिक कैदीबन्दी हुँदा सामाजिक दुरी कायम गर्न कठिन भएको छ ।
विभिन्न मुद्दामा कैद फैसला भई फरार रहेको अभियुक्त धमाधम पक्राउ पर्न थाले पछि नयाँ बन्दी राख्ने कोठा अभावले कोरोना संक्रमणको जोखिम बढी भएको हो ।

क्षमता भन्दा बढी कैदी हुँदा बस्ने र सुत्ने ठाउँको अभाव भएको अवस्थामा सामाजिक दुरी कायम गर्नु जटिल भएको जेलर मोहन प्रसाद उपाध्ययले बताए । जिल्ला कारागारमा हाल १२५ जना पुरुष र १५ जना महिला कैदीबन्दी रहेका छन् ।
नयाँ जाने कैदी बन्दीलाई छुट्टै कोठामा राख्ने गरिएको छ । कारागारमा बाहिरी व्यक्तिलाई भेटघाट निषेध गरिएको छ । आफन्तले दिने खाद्यन्न तथा पैसा सुरक्षाकर्मी र कर्मचारीमार्फत पु-याउने गरिएको छ ।

फरार अभियुक्त पक्राउ पर्ने दर र छिमेकी जिल्ला पर्वतबाट महिला बन्दी बागलुङ पठाउँदा व्यवस्थापन चुनौतीपूर्ण भएको जेलर उपाध्याको भनाई छ । कारागार भवन साँधुरो हुँदा सुनाई व्यवस्थापन कठिन भएको कैदी महेन्द्र घर्तीले गुनासो गरे
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकसहितको कारागार अनुगमन गर्न गएको टोलीसँग कैदीबन्दीले बसाइँ व्यवस्थापन र मुद्दाको सुनाई तथा फैसला ढिलाई हुँदा समस्या भएको बताएका थिए ।

मानव अधिकार आयोगले असोज असोज ५ गतेदेखि देशका २० जिल्लामा रहेका कारागारको कैदीबन्दीको अवस्था ’bout दुर्त अनुगमन थालेको छ । २८ गतेभित्र सरकारलाई सुझाव र निर्देशन दिने आयोगका सदस्य पाठकले बताए ।

कैदीबन्दीलाई अदालत पेस गर्दा, उनीहरुको दैनिक उपभोग्य बस्तु खरिद गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा सचेत हुन आयोगका सदस्य पाठकले सजक गराएका थिए । कारागार कोरोनाको उच्च जोखिम क्षेत्र रहेको उल्लेख गर्दै उहाँले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालन गर्नुको विकल्प नभएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार