Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ खानेपानीको जारमा किरा

खानेपानीको जारमा किरा

,

काठमाडौं । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको हो ।

पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेका हुन् ।

अध्यक्ष महर्जनले अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएपछि कारबाहीका लागि विभागमा उजुरी गरेको बताए । उनले किरा परेको पानीको जारको पानीलाई ६० रुपैयाँमा बिक्री गरेको पाइएको बताए ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण भएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरूले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने व्यवस्था छ भने दफा १९ मा वस्तु वा सेवाको मूल्य निर्धारणसम्बन्धी व्यवस्था रहेको छ । ‘सोही व्यवस्थाअनुसार कारबाही हुनुपर्छ,’ अध्यक्ष महर्जनले भने ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा पाइएको उजुरी आएको बताए । उनले उपभोक्ताकर्मीबाट पानीको जारमा किरा पाइएको उजुरी आएपछि विभागले पानीको परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बताए ।

महानिर्देशक सुवेदीले पानीको जार परीक्षण गर्दा गुणस्तरहीन पाइयो भने उद्योगीलाई कानुनी कारबाही हुने बताए ।

(Visited 170 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

१ करोड ९० लाख खोपबाट वञ्चित

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

संक्रमितका लागि तत्काल औषधि र अक्सिजन व्यवस्था गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार...

ट्रेन्डिङ

विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरे जरिमाना नलाग्ने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरेमा जरिमाना नलाग्ने जनाएको छ । प्राधिकरणले कोरोना भाइरसको संक्रमण जोखिम कम...

ओलीले एक पद छाडनैपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

मृत भनिएका बिरामी निको भएर फिर्ता

भरतपुर । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको...

प्रधानमन्त्रीको कदम बिरुद्ध दाहाल–नेपाल समुहले माघ ९ गते प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहले ९ माघका काठमाडौंमा बृहद बिरोध प्रदर्शन गर्ने भएकोछ । समुहको आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष...

ओलीजी देख्नु भो सभा कस्तो हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्...

सुत्केरीको मृत्यु भएपछि बिपी प्रतिष्ठान तनावग्रस्त

इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको...

विष्ट, वैद्य र सिंहको राजीनामा

काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट र संगीना वैद्यले नेपाल तेक्वान्दो संघबाट तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले राखेपको प्रशिक्षक पदबाट राजीनामा...

वेभ सिरिज निर्माणतर्फ अभिनेत्री अनुष्का

मुम्बई । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान...

म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीले पाए सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई...

जब श्रीमानले नै श्रीमतीलाई बलात्कार गरे…

सिन्धुपाल्चोक । संगै मर्ने, बाँच्ने कसम खाएका श्रीमान श्रीमती बिच सबै कुरा आपसी समझदारीमा नै हुने गर्दछ । तर नेपाली समाजमा कहिले काँही श्रीमानले...

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

रासस । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)