मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न छाडेको मेलम्चीको पानी काठमाडौंमा असारसम्ममा आउने दाबी खानेपानीमन्त्री विना मगरले गरेकी हुन् । मेलम्ची खानेपानीका आयोजनाका जटिल कामहरू सम्पन्न भइसकेको र अन्य कार्यहरू पनि तीव्र रूपमा भइरहेकाले असारसम्ममा सुन्दरीजलमा पानी खसाल्ने दाबी उनको रहेको छ ।

मन्त्री मगरले भनिन्, ‘अबको पाँच महिनामा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउनेछ ।’ सरकारले गत असोज ११ र २४ गते सिनोहाइड्रो कम्पनीसँग आयोजनाको बाँकी रहेको सुरुङ र हेडवक्र्स क्रमशः १२ र १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्, ‘सरकारले सम्झौता अवधिभन्दा अघि नै काम सम्पन्न गरे ठेक्काको १० प्रतिशत बोनस दिने नीति लिएको र ठेक्का पाएको कम्पनी बढी अनुभवी भएको हुँदा समयभन्दा अघि नै काम सम्पन्न हुनेछ ।’ अहिले हेडवक्र्स निर्माण ३५ प्रतिशत सम्पन्न भइरहेको भन्दै खत्रीले फागुन मसान्तसम्ममा कफर ड्याम (अस्थायी बाँध)को निर्माण ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा १७ करोड लिटर खानीपानी आपूर्ति हुने दाबी सरकारको छ । सुरुङ निर्माण कम्पनी सीएमसीसँग ठेक्का तोडेपछि अहिले उक्त आयोजनाको सुरुङ तथा हेडवक्र्स (नदीमा बाँध बाधेर सुरुङमा पानी ल्याउने प्रक्रिया) सिनोहाइड्रो कम्पनीमार्फत भइरहेको छ ।

सीएमसीले काम छाडेर गएपछि मेलम्चीमा कम्पनीसँग आबद्ध श्रमिकहरूको आन्दोलनका कारण पनि काम ठप्प भएको थियो । सरकारले ती श्रमिकलाई २ करोड ९६ लाख रुपैयाँ ज्याला भुक्तानी दिएपछि भने आयोजना निर्माण अघि बढिरहेको छ । सीएमसी कम्पनीसँग आबद्ध स्थानीय आपूर्तिकर्ताले भने अझै भुक्तानी पाएका छैनन् ।

उनीहरूले झन्डै २ अर्ब रुपैयाँ भुक्तानी दाबी गरेका छन् भने त्यसको यकिन गर्न सरकारले गत असोजमा खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो । उक्त दाबी भुक्तानीको काम छिट्टै सम्पन्न हुने मन्त्रालयले उल्लेख गरेको छ ।

आयोजनामा ६८ किलोमिटर प्रवेशमार्ग स्तरोन्नति गरिएको छ । आयोजनाका लागि हालसम्म रू. २८ अर्ब १३ करोड खर्च भइसकेको छ भने समग्र आयोजनाको प्रगति ८९ दशमलव ७० प्रतिशत रहेको छ ।

सुरुङको बाँकी काम गर्न रू. ८५ करोड र हेडवर्क्स बनाउन रू. १ अर्ब २ करोडमा उक्त कम्पनीलाई ठेक्का दिइएको छ । अहिले सुरुङ र हेडवक्र्समा कुल ३१ ओटा गेट तथा फ्रेम काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित