भक्तपुरमा धान पाक्यो, भित्र्याउन चटारो (फोटोफिचर)

काठमाडौं । भक्तपुरको गठ्ठाघर स्थित डोल क्षेत्रमा आफन्तको दुई रोपनी खेतमा लगाएको धान भित्र्याउदै गरेका भेटिए नयाँ ठिमिका ६५वर्षिय किसान रामकृष्ण श्रेष्ठ । वाल्यकालदेखी खेती गर्दै आएका रामकृष्णलाई अहिले पनि खेतको काम गर्दा रमाईलो लाग्छ । कुनै बेला मुरीका मुरी धान भित्र्याउदै आएका रामकृष्ण पछिल्लो समय खेती गर्ने जमिन खुम्चिदै गएकोमा चिन्तित छन् ।

अहिलेको सरकारले गरेको जग्गाको वर्गिकरण अबैज्ञानिक रहेको उनको भनाई छ । वहुदलीय प्रजातन्त्र पूनर्वहालीपछि काठमाण्डौ उपत्यका कंक्रिटको शहरमा परिणत हुँदै गएको अनुभव गरेका छन् उनले । कुनै बेला भक्तपुरमा रोपनीमा दश मुरी सम्म फल्थ्यो अहिले रोपनीमा पाँच मुरी समेत नफल्ने बताउछन् उनी ।

उपत्यकाको खेती योग्य जमिन संरक्षण गर्न सकेमा अझै पनी नेपाललाई पुग्ने अन्न यहै फलाउन सकिने उनको भनाई छ । कोरना संक्रमणमा पनि रामकृष्णको परिवार भने धान थन्क्याउनमै व्यस्त छन् । उपत्यकामा दशैं छेकोमा प्राय धान भित्र्याउने चलन हुन्छ । हेरौं केही तस्विर :

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित