गोलञ्जोरका वडाध्यक्ष कार्कीले कुटे छिमेकी, प्रहरीमा उजुरी

सिन्धुली । गोलंजोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्की छिमेकीलाई कुटपिट गरेका छन् । कोरोना सार्न हिडेको भन्दै आफु र आफ्नो परिवारलाई अपमान गरेको भन्दै वडाअध्यक्ष कार्कीले स्थानीय ध्रुव कार्कीलाई कुटपिट गरेको पाईएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष कार्कीले शनिबार राती कुटपिट गरेको प्रहरीले जनाएको छ । कार्की विरुद्ध पीडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको छ ।

उजुरी परेपछि कार्की इलाका प्रहरी कार्यालय खुर्कोटमा उपस्थित भएका भए पनि प्रहरीले उनलाई पक्राउ भने गरेको छैन । पीडित पक्षले दिएको उजुरी प्रहरीले लिएको छ तर दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रञ्जु सिग्देलले प्रहरीमा उजुरी आएको तर स्वास्थ्य जाँचको रिपोर्ट नआइएसकेकाले उजुरी दर्ता नभएको बताइन् ।

उनले घटनाको अनुसन्धान भईरहेको र पीडक वडाअध्यक्षलाई पक्राउ नगरी सकेको बताइन् । ‘इलाका प्रहरी कार्यालय खुर्कोटमा बोलाई आइतबार सामान्य सोधपुछ भएको छ, कोरोना सार्न हिडेको भन्दै अपमान गरेपछि कुटपिट गरेको वडाध्यक्ष कार्कीले स्वीकारेका छन् । मेडिकल रिपोर्ट आएपछि मुद्दा दर्ता भई कारवाहि प्रक्रिया अगाडि बढ्छ’ सिग्देलले भनिन् ।

वडाध्यक्षको कुटाईबाट घाइते भएका ध्रुवको शुभजीवन अस्पताल खुर्कोटमा उपचारपछि काठमाडौंको न्युरो अस्पतालमा उपचार भइरहेको छ । कुटपिटका कारण शरीरमा निलडामहरु छन् । टाउकोमा समेत चोट लागेका कारण चिकित्सकले गम्भिर असर परेको हुनसक्ने बताएको उनका भतिज हरिकिशोर कार्कीले बताए ।

कुटपिटपछि पीडितले बान्ता समेत गरेकाले थप उपचारका लागि न्युरो अस्पताल लगिएको उनले बताए । पीडित ध्रुवले भने आफु टिभी हेरेर बसिरहेको बेलामा घरमा आई मेरो बद्नाम गर्नै भन्दै लात्ती मुक्का र लौरोले कुटपिट गरेको बताए ।
उनले भने, ‘प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क