Monday, January 18, 2021
Home Not-to-be-missed उपसभामुख निर्वाचन अन्योलमा : दलहरूले चासो नदिँदा चालू अधिवेशनबाट चुनिने सम्भावना कम

उपसभामुख निर्वाचन अन्योलमा : दलहरूले चासो नदिँदा चालू अधिवेशनबाट चुनिने सम्भावना कम

काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो ।

फरक दलको व्यक्तिलाई उपसभामुख बनाउने विषयमा भने नेकपाले राजनीतिक सहमतिको बाटो रोजेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन अन्योलमा परेको हो ।


संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयन गरिने व्यवस्था छ । सो धाराको उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । सोही धाराको उपधारा २ मा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।


तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त सभामुख पदमा नेकपाकै सापकोटा निर्वाचित भए ।
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था भएको र नेकपाबाहेकका दलहरू सो पदका लागि तयार नभएकाले तत्काल निर्वाचन हुने सम्भावना नदेखिएको बताए ।
संविधानले निर्वाचनपछि १५ दिनभित्र उपसभामुख चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि राजीनामा दिएको अवस्थामा भने कुनै बाध्यता नरहेको उनले धारणा राखे ।


प्रतिनिधिसभामा हाल कायम रहेका दलहरूमध्ये उपसभामुखमा राजपाको सम्भावना धेरै देखिएको छ । उपेन्द्र यादवको संघीय समाजवादी दल केही समयअघि सरकारबाट बाहिरिएको छ । यस्तै, नेपाली कांग्रेसले संसद्मै सत्तापक्षसँग ‘कमण्डलु’ लिएर पद नमाग्ने भन्दै आफ्नो रुचि नभएको संकेत गरेको छ । यसैगरी, एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले सो पदमा आफ्नो तर्फबाट कुनै दाबी नभएको स्पष्ट पारिसकेको छ । राजपाले राष्ट्रियसभा निर्वाचनमा नेकपासँग मिलेर प्रदेश २ मा आफ्नो उम्मेदवारलाई निर्वाचित गराएको थियो । यसले गर्दा उपसभामुखमा राजपाको सम्भावना धेरै देखिएको हो । तर, नेकपाले राजपासँगको बैठकमा केन्द्रदेखि प्रदेशसम्म एकैपटक डिल गर्नुपर्ने प्रस्ताव राखेपछि यो विषयमा सहमति जुट्न सकेको छैन ।

यो पनि पढ्नुहोस   मौसम सफा हुन अझै केही दिन लाग्ने


प्रदेश–२ को सरकार परिर्वतनदेखि उपसभामुख र सरकारमा जानेसम्मको प्रस्ताव नेकपाले राजपासमक्ष राखेको छ । तर, राजपाले आफ्ना पुराना माग सम्बोधनलाई प्राथमिकतामा राखेको छ । उसले संविधान संशोधनको विषयलाई महŒवका साथ सम्बोधन हुनुपर्ने अडान राख्दा नेकपासँग सहमतिको वातावरण बन्न नसकेको राजपाका महासचिव केशव झाले बताए । रेशम चौधरीको रिहाइ, थरुहटका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा सरकारले लिखित रूपमा नै सहमति गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्ने राजपाले माग राख्दै आएको छ ।


अहिले हिउँदे अधिवेशन चलिरहेको छ । संविधानअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण यो अधिवेशन छिट्टै अन्त्य हुँदै छ । फागुन र चैत महिनाको पहिलो सातासम्म यो अधिवेशन चले पनि वैशाखमा प्रि–बजेट छलफल गराउनुपर्नेछ । बजेट आउनुभन्दा कम्तीमा १५ दिनअघि संसदमा प्रि–बजेट र बजेटका सैद्धान्तिक पक्षबारे छलफल गर्नुपर्ने भएकाले सरकार र राजनीतिक दल निर्वाचनमा केन्द्रित हुने देखिँदैन । बजेटपछि पनि दलहरू बजेटको समीक्षा र पारित गर्ने छलफलमा केन्द्रित हुने भएकाले अझै केही समय लम्बिने निश्चित छ ।

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना...

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका...

साताका लोकप्रिय समाचार

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

आरआर क्याम्पसका प्राध्यापक आचार्य क्याम्पसबाटै पक्राउ, छात्रामाथि यौनहिंसा गरेको अभियोग

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई छात्रामाथि यौन हिंसा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनी प्राध्यापनरत...

पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको हो । विश्वभरी महामारीका रुपमा फैलिएको...

तल्लो जातको युवासंग प्रेम गरेको आशंकामा आमाले गरिन् १५ वर्षिया छोरीको हत्या

काठमाडौं । विश्वभरका मान्छेलाई पुज्यनिय शब्द के हो भनेर प्रश्न गर्ने हो भने साझा उत्तर आउछ ‘आमा’ । त्यसैले त भनिन्छ संसारमा सबथोक पाउन...

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री...

ट्रेन्डिङ

नौ महिनामा ९ खर्ब व्यापार घाटा

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को नौ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोडको आयात हुँदा १ खर्बको पनि निर्यात हुन सकेको छैन ।...

घर घर र चोकमा सेनिटाईज गर्दै नेकपा कार्यकर्ता

मोरङ ।  कोरोना संक्रमितको केन्द्र बनेको विराटनगर महानगरपालिकाका घर घरमा पुगेर सेनिटाईज गर्ने काम हुन थालेको छ । नेकपाका बिभिन्न कमिटीले यतिबेला घर घर र...

जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन कक्ष

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष...

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा...

कोरोनाले मान्छेको मृत्यु भयो भन्दै प्रचार गर्ने पक्राउ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । कोरोनाको कारण एक जनाको मृत्यु...

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

काठमाडौँ । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले...

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट तलब खुवाउन व्यवसायीको माग

पोखरा । पोखराका उद्योगी व्यवसायीले मजदुरलाई तलब खुवाउन नसकेको भन्दै सरकार गुहारेका छन् । उनीहरुले भनेका छन्, ‘सरकारकै आदेशमा उद्योग÷व्यवसाय बन्द भएकाले मजदुरको दायित्वबाट...

पूर्वसभामुख महराको अन्तिम सुनुवाइ जारी

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ ।
यो पनि पढ्नुहोस   ३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’
काठमाडौं...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका...

तल्लो जातको युवासंग प्रेम गरेको आशंकामा आमाले गरिन् १५ वर्षिया छोरीको हत्या

काठमाडौं । विश्वभरका मान्छेलाई पुज्यनिय शब्द के हो भनेर प्रश्न गर्ने हो भने साझा उत्तर आउछ ‘आमा’ । त्यसैले त भनिन्छ संसारमा सबथोक पाउन...

मैले हँसाए भनेर किन पीर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन्...

बराबरीमा रोकियो आर्सनल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग आर्सनल गोलरहित बराबरीमा रोकियो । सबै प्रतियोगितामा गरेर पछिल्लो चार खेलमा जित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)