समूह ‘जी’ अन्तर्गत बेल्जियम र इजिप्टबीचको खेल १–१ गोलको बराबरीमा टुगियो । बेल्जियमले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएपछि खेल बराबरीमा टुंगिएको हो । इजिप्टका लागि यो आत्मघाती गोल कति खराब रह्यो भने मोहम्मद सलाहको ३४ औं जन्मदिन समेत सुखद् हुन सकेन ।
सियाटलमा पहिलो हाफको सुरुमै इमाम अशौरले गोल गर्दै सुरुवात गरे । खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमामले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा इजिप्टले उक्त अग्रता कायम राखे पनि दोस्रो हाफमा बेल्जियम खेलमा फर्कन दबाब बढ्यो ।
रोमेलु लुकाकुले एक घण्टापछि बेन्चबाट आएर इजिप्टका मोहम्मद हानीलाई आत्मघाती गोल गर्न बाध्य पारे। यो बराबरीसँगै दुवै टोलीले १–१ अंक मात्र बाँडेनन् सात पटक अफ्रिका कप अफ नेसन्स च्याम्पियन इजिप्ट विश्वकप फुटबल इतिहासमा पहिलो जितको खोजीमा प्रतिक्षा गरिरहनु परेको छ ।
सम्बन्धित समाचार
श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित
अल्पाइन स्पोटर्सको साधारणसभा अल्पाइन क्षेत्रमा
संघीय सरकारका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता अलमलमा : मुख्यमन्त्री कँडेल
पौडी खेलाडी छनोट विवाद अदालतमा, राखेपको पत्र शंकास्पद
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल गोलरहित बराबरी




