Tuesday, December 1, 2020
Home Editor-Picks नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन कात्तिक २ गते आइतबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । सातौँ दिन शुक्रबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो । दुर्गा पक्षको आठौँ दिन शनिबार महागौरी देवीको विशेष पूजा आराधना गरियो ।

दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक १० गते विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०ः१९ को साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

यो पनि पढ्नुहोस   श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो...

सिद्धिदात्री देवीको स्वरुप

मुमुक्षुहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ ।

दशैँको नवौँ दिन आज शक्तिपीठमा पूजा आराधना गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोनाको त्रासका कारण मानसिकरूपमा स्मरण गर्नुपर्ने छ । महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर घरमा बलिसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेषरूपमा मनाउँछन् ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

साताका लोकप्रिय समाचार

शिक्षालय सञ्चालन कार्यढाँचा

शिक्षा मन्त्रालयले लामो समयदेखि ठप्प भएको शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने कार्यढाँचा जारी गरिएको छ । कोरोना भाइरस रोगथामका लागि गठित कोभिड–१९ संक्रमण रोगथाम तथा...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

जब श्रीमतिलाई फोन गरेर भने तपाईको श्रीमानलाई गोली लाग्यो …

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो अपरिचित भारतीय नम्बरबाट । फोन त आयो तर दुःखद घटनाको फोन...

ट्रान्सपरेन्सी प्रतिवेदनको विश्वसनीयतामाथि गम्भीर प्रश्न

ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन सार्वजनिक भएको छ । ५८ प्रतिशत नेपालीले गत वर्ष देशमा भ्रष्टाचार बढेको बताएका र यो दर...

ट्रेन्डिङ

भारतबाट फर्कंदै गरेका नवलपरासीका एक पुरुषको बाटोमै निधन

नवलपुर । भारतबाट घर फर्कनका लागि आएका पश्चिम नवलपरासीको सुस्ताका एक युवकको सुनौली नाकामा मृत्यु भएको छ । मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका...

सबै पालिकामा -यापिड रेस्पोन्स टिम

काठमाडौं । काठमाडौं महानगरपालिका र सबै १० वटै पालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित हुने बिरामीका लागि तत्काल उद्धार गर्न आरआरटी (-यापिड रेस्पोन्स टिम) र...

सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोक । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना संक्रमण भेटिएको छ । इन्द्रावती गाउँपालिका –१० का ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो...

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

राजविराज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा चार दिनदेखी ठप्प रहेको छ । उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको...

लागुऔषध सहित २ भारतीय नागरिक पक्राउ

बारा । बारामा लागु औषध सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । कलैया उपमहानगरपालिका वडा नम्वर १०, मटिअर्वा...

काठमाडौं उपत्यकामा थपिए १४०९ जना कोरोना संक्रमित

काठमाडौँ । काठमाडौं उपत्यकामा १ हजार ४०९ सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा...

नेपालका चार विद्यार्थी दक्षिण अस्ट्रेलियाको एडिलेडका एम्बेस्डर

काठमाडौं । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न दक्षिण अस्ट्रेलिया सरकारको एजेन्सीले एम्बेस्डर प्रोग्राम २०२० को विजेता घोषणा गरेको...

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

खलंगा । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

भर्खरै

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

धेरै पढिएका

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३...

सार्वजनिक कार्यहरूको मूल्यांकन र नागरिक सहभागिता

प्रजातान्त्रिक शासन प्रणाली भनेको जनताका लागि जनताद्वारा जनताको हितमा गरिने शासन हो । जनताले आफूमा अन्तर्निहित सार्वभौम अधिकार प्रयोग गर्न प्रतिनिधिको निर्वाचन गर्दछन् र...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । बेदकोट नगरपालिका वडा नम्बर...

ऐतिहासिक दूधमति नदी नालामा परिणत

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक दूधमति नदीनालामा परिणत भएको छ ।  सो नदीको कायापलट गर्न प्रदेश २ को सरकार अग्रसर भएको छ । सो नदीको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

(Visited 90 times, 1 visits today)