Friday, December 4, 2020
Home Breaking News यस्तो छ प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना

यस्तो छ प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना

बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ । चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा “विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ” भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन । चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।

योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ । बिहीबार सार्वजनिक वक्तव्यमा “हरित र कम कार्बनयुक्त विकास”लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ । चीनले हाल एक “जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,” वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

यो पनि पढ्नुहोस   उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् । बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् । चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ ।

टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् । गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।

(Visited 361 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

साताका लोकप्रिय समाचार

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

ट्रेन्डिङ

बजेट अधिवेशन शुक्रबार, प्राथमिकता फेर्न अर्थविद्को सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक हुने समय नजिकिएसँगै सरकारले बल्ल आगामी शुक्रबार संघीय संसद्को बजेट अधिवेशन बोलाउने भएको छ ।...

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना...

इंग्ल्यान्डलाई सिरिज

लन्डन । वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले २ सय ६९ रनको...

पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

गौर । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता...

सशस्त्रमा सात डीआईजीका लागि १२ को लबिङ, ठाडामगरलाई ट्रम्पको धक्का

काठमाडौं । सशस्त्र प्रहरीमा यही २८ मंसिरदेखि सात जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुने भएपछि प्रतिस्पर्धी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू लबिङमा लागेका छन् ।...

लकडाउनमा २ अर्ब १४ करोड राजस्व संकलन

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लकडाउन गर्दा पनि २ अर्ब १४ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको...

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न...

हिम्मत गर्नुस्, म बूढीले काेराेना जितेँ : पानादेवी विक

घाेडाघाेडी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

धेरै पढिएका

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   थप १३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

(Visited 90 times, 1 visits today)