कर्मचारीमा कोरोना देखिएपछि दैलेख प्रशासनको सार्वजनिक सेवा बन्द

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना भाईरस (कोभिड –१९) पुष्टि भएपछि सार्वजनिक सेवा प्रवाह बन्द गरिएको हो ।

प्रशासनका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद देवकोटाले बताए । ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्लामा संक्रमितको दर बढ्दै गएको र कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएपनि सेवा बन्द गरिएको हो’, देवकोटाले भने ।

‘संक्रमित कर्मचारीहरुबाट समुदाय स्तरसम्म र सेवाग्राहीबाट कार्यालयका कर्मचारीहरुमा हुन सक्ने जोखिमलाई मध्यजनर गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म कार्यालयको अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने छ’, देवकोटाले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 488 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा