तुलसीपुरमा जन्मेका हरेक छोरीले अब भत्ता पाउने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र जन्मिएका हरेक छोरीले अब भत्ता पाउने भएका छन् । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने उपमहानगरपालिकाले जनाएको छ । त्यसका लागि कार्यपालिकाको ९५ औ बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि समेत पारित गरिसकेको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरेको भएपनि कार्यान्वयनमा ल्याएको थिएन । मंगलबार कार्यविधि पारित भएपछि अब कार्यान्वयनको चरणमा जाने छ ।

कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । कार्यविधि केही ढिला पारित भएको भएपनि कार्यक्रम साउन एक गतेदेखि लागु हुने उनको भनाई छ ।

कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । समयमै जन्मदर्ता नगराउने अभिभावकले भत्ताकै कारण समयमै घटना दर्ता गराउने भएकाले घटना दर्तामा सुधार आउने उपमहानगरपालिको अपेक्षा गरेको छ ।

बालिकाको अभिभावकले बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।

उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ । विचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने उपमहानगरपालिको बताएको छ । समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम फिर्ता नहुने कार्यविधिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिम ८८ मध्ये १९ पालिकामा मतगणना सम्पन्न (सूचीसहित)