पुजारी हत्यामा संलग्न २ जना पुर्पक्षको लागि कारागार चलान

रौतहट । पुजारी हत्याकाण्ड आरोपमा पक्राउ परेका २ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । पुजारी हत्याको अभियोगमा पक्राउ परेका देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ बर्षिय नरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि गौर कारागार चलान गरिएको हो । माधवनारायण नगरपालिकाको वडा नम्बर २ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारीलाई गोली हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते राति खाना खाइरहेको बेलामा कन्चटमा गोली हानेर हत्या गरेका थिए । खेसरहिया चोक स्थित हनुमान मन्दिरमा पुजारीको काम गर्दै आएका साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौै १७ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरेको थियो ।

अदालतबाट प्रहरी नियन्त्रणमा रहेका पटेलद्धयलाई पुर्पक्षका लागि गौर कारागारमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ