काठमाडौं । समाजवादी पार्टी पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै अस्वीकार गरेका थिए । संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै सरकार छाड्ने निष्कर्ष निकालेको उपमहासचिव अधिकारीले जानकारी दिए ।
हिजोको मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा कानुनमन्त्रीले एक्कासि संविधान संशोधनको प्रस्ताव अघि सारेपछि प्रधानमन्त्री ओली चकित भएका थिए । संविधान संशोधनको प्रस्ताव उनले सहजै अस्वीकार मात्र गरेर मन्त्री यादवलाई मज्जाले हप्काएका पनि थिए ।
२५ भन्दा बढी सदस्य रहेको समाजवादी फोरमको पदाधिकारी बैठकमा अध्यक्षद्वय उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, महासचिव रणध्वज कन्दङ्वालगायतको बैठकमा उपस्थिति थियो ।