२५६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नाघ्यो

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । पछिल्लो २४ घन्टामा २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको पिसिआर परीक्षण गर्दा २५६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमित थपिएसंगै नेपालमा हालसम्म २ लाख २ हजार ३२९ जना पुगेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ९१२ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

पछिल्लो २४ घन्टामा १६६६ जना सङ्क्रमणबाट निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ६२ हजार २४३ जना निको भइर घर फर्किसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार २६१ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग