काठमाडौं । कलंकीको मकालु पेट्रोल पम्प अगाडि आज बिहान ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले सो पम्प अगाडि पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे, नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ छन् । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)






