काठमाडौं । कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो ।
स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय युवा संघ रामेछाप जिल्ला सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्त रूपमा उद्घाटन गरे । तीन वर्षअघि नेपाल भित्रिएको जोमासा मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ ।
सोही अवसरमा भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)






