Thursday, June 24, 2021
Home प्रदेश प्रदेश ३ नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

,

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् ।

त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद्यालयमा उल्लेख्य विद्यार्थी भने हुने थिएनन् । पछिल्ला समयमा निःशुःक पढाइ हुने सामुदायिक विद्यालयको आकर्षण घटेको ठानेर शहरी क्षेत्रका अभिभावकहरुले महँगो शुल्क तिरेर निजी (संस्थागत) विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । जसका कारण यस्ता ऐतिहासिक र सुविधासम्पन्न सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।

मुलुकको राजधानी काठमाडौँको मुटुमा रहेको नयाँ भवन र प्रयोशालाहरुको सुविधायुक्त तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयले विद्यार्थी सङ्ख्या बढाउन मेहनत गरिरहनु पर्ला रु या अब यहाँ आफैँ विद्यार्थी बढ्लान् ? विद्यालयका व्यवस्थापन र शिक्षक वर्गमा पनि अहिले यो प्रश्न पेचिलो बनेको छ । यहाँका केही शिक्षकहरु भने अब विद्यार्थी आफैँ बढ्नेमा आशावादी छन् । उनीहरु भन्छन्, ‘कोरोना नभएको भए अहिलेदेखि नै विद्यार्थीको आकर्षण हुन्थ्यो । अबका केही वर्षमा यहाँ भर्नाका लागि भीड हुनेछ । अभिभावकहरु आएर हात जोडेर मेरो बच्चा राखिदिनुस् भन्न थाल्नेछन्, त्यो अवस्था केही वर्षमै आउनेछ ।’

मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण सकिएर यस विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । यतिखेर भने यस विद्यालयले पनि वैकल्पिक माध्यमबाट अनलाइन विधिबाट विद्यार्थीलाई पढाइरहेको छ । भवनमा चीन सरकारले नै आवश्यक कम्प्युटर र प्रयोगशाला उलब्ध गराए पनि अनलाइन शिक्षाका लागि आवश्यक पर्ने ल्यापटप र मोबाइलहरु भने हालै जनता क्लब अफ काठमाडौँले उपलब्ध गराएको छ ।

वास्तवमा काठमाडौँको मुटुमा रहेको रानीपोखरीसँगै अवस्थित दरबार हाइस्कुलको नयाँ भवन मौलिक र आकर्षक छ । पाँच वर्षअघिको विनासकारी भूकम्पपछि क्षतिग्रस्त भएको सो भवन पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको ऐतिहासिक दरबार हाइस्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । कूल चार तले उक्त नयाँ भवनमा ४६ ओटा कक्षाकोठा छन् । भवनभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, पुस्तकालय र ठूलो हलसमेत व्यवस्थित गरिएको छ । चीन सरकारको लगानी र प्राविधिक कार्यमा दुई वर्षको अवधिमा रु ८५ करोड ५९ लाखमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचना समेत चीन सरकारले नै उपलव्ध गराएको छ । चीन सरकारको सहयोग बनाइएका अन्य विद्यालयमा यस्तै सुविधा उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनः निर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछ्रि दरबार हाइस्कुल पुन सञ्चालनमा आएको हो तर कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले सुविधासम्पन्न कक्षा कोठाका भौतिक सामाग्रीले भने विद्यार्थीको प्रतीक्षा गरिरहेका छन् । यसैवर्षको तिहारको समयमा दरबार हाइस्कुलको नयाँ भवनको माथिल्लो तलाबाट सुन्दर रानीपोखरीसहित आसपासका क्षेत्रको अवलोकन गर्नबाट पनि विद्यार्थी वञ्चित भएका छन् । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

हाल भानु मााविमा कक्षा एक देखि १० सम्म २०३ र संस्कृत माविमा ३०० जना विद्यार्थी छन् । शहरी क्षेत्रमा निजी विद्यालयको प्रभाव बढेपछि यस्ता ऐतिहासिक महत्वका सामुदायिक विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेको यथार्थबीच यहाँका शिक्षकहरु आगामी दिनमा विद्यार्थी बढाउन जुटेका छन् । निजी विद्यालयसँग प्रतिस्पर्धाकै लागि यस विद्यालयले अङ्ग्रेजी माध्यममै पठनपाठन गराउँदै आएको छ ।

आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालाहरुसमेत रहेकाले अगामी दिनमा गुणस्तर पनि बढ्ने भानु माविका प्रधानाध्यपक अखिलेश आजात अभिभावकलाई आफ्ना छोराछोरी पठाइदिन अनुरोध गर्दै विद्यार्थीलाई उत्कृष्ट बनाउने जिम्मा विद्यालयको भएको बताउँछन् । प्रधानाध्यापक आजादका अनुसार यस वर्षदेखि यहाँ सम्पूर्ण कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ र अबका केही वर्षमा विद्यार्थी खोज्न शिक्षकहरु लागिरहनु पर्ने छैन ।

आकर्षक विद्यालय भवन र कक्षा कोठाप्रति विद्यार्थीको पनि आकर्षण उत्तिकै बढेको छ । दिनहुँजस्तै अभिभावक तथा विद्यार्थी आएर कहिले नयाँ भवनमा बसेर पढ्न पाइन्छ भनेर सोध्ने गरेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए ।

सरकारले प्रत्यक्ष कक्षा सञ्चालनको निर्णय गरेपछि शुरु हुने गरी विद्यालयले यसै वर्षबाट बालविकास कक्षा सञ्चालनको पनि तयारी पूरा गरेको छ । भानु माविमा निजी स्रोतका समेत २१ जना शिक्षक रहेको विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ समेत सञ्चालन गर्ने योजना बनाएको छ । संस्कृत माविमा १६ जना शिक्षक छन् । संस्कृत माविका शिक्षक माधव लामिछानेका अनुसार कक्षा ६ देखि १२ सम्म संस्कृत पढ्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु बढी आउने गरेका छन् । दरबार हाइस्कुलमै पढेका लामिछाने विसं २०४७ मा भानु माविमा दुई हजार २५० सम्म विद्यार्थी रहेको स्मरण गर्छन् । यहाँको संस्कृत माविकै उत्पादनका व्यक्तिहरु अहिले मुलुकको राजनीति र अन्य क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, नरहरि आचार्य र बद्री पाण्डे तथा कूटनीतिज्ञ प्रा.डा.जयराज आचार्यलगायतले यहीँबाट विद्यालय शिक्षा पूरा गरेका थिए । प्रशासनिक क्षेत्रमा पनि यस विद्यालयका उत्पादनको उपस्थिति रहेको छ ।

नेपालको शैक्षिक इतिहासमा महत्वपूर्ण मानिने दरबार हाइस्कुलको भवन २०७२ सालको भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ । तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए । राजा माहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कुलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासहरुमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाहरूका सेवामा खटिएका कर्मचारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि श्री ३ वीरशमशेरले विद्यालयलाई जमलस्थित दरबारको ढोका नजिक सारेका थिए । विसं १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

साताका लोकप्रिय समाचार

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

इंग्ल्यान्डको निराशजनक बराबरी

  लन्डन । युरोपेली च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’को खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा छिमेकी राष्ट्र स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

ट्रेन्डिङ

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको...

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी, नदीले बगाएको आशङ्का

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको...

पर्सामा कोरोनाको कारण २४ घण्टा नबित्दै ३ जनाको मृत्यु

वीरगन्ज । विभिन्न कामले भारतसँगको सीमा वारपार गर्ने र अटेरहरुको कारण अध्याधिक कोरोना संक्रमण फैलिँदा वीरगन्ज क्षेत्रमा शुक्रबार मध्यान्हदेखि शनिबार बिहानसम्म कोरोनाका कारण ३...

बेपत्ता भएका विद्यार्थीको शव भेटियो

बैतडी । दार्चुलाको मार्मामा एक बिद्यार्थीको शव भेटिएको छ । लटिनाथ माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल टमाटाको शव आज बिहान भेटिएको हो...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

रिजाल मृत अवस्थामा भेटिए

तनहुँ । जिल्लास्थित व्यास-१ अडमपानीको खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीका अनुसार १८ वर्षका आकाश...

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला...

पुर्व मन्त्री बस्नेतलाई पितृ शोक

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । पुर्व मन्त्री बस्नेतका पिता खडगबहादुर...

कोरोनाबाट बाराको जीतपुरसिमरामा एक जनाको मृत्यु

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोनाका कारण एक जनाको ज्यान गएको छ । नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षीय शेख समी...

न्यायाधीशको सम्पति सार्वजनिक कानुन कहिले ?

काठमाडौं । न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नेगरी कानुन निर्माण गर्ने घोषणा गरे...

मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशहरूको सूचीमा परेको बताएका छन् । शनिबार संसद्मा सम्बोधन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)