प्रवासमा ९१ प्रतिशत नेपाली संक्रमणमुक्त

लन्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ । समितिका अनुसार कोरोना भाइरसका कारणले हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ ।

भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ डिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा.सागर पौडेलले जानकारी दिएको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।

सबैभन्दा धेरै साउदीमा ८४ जना, युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अष्टेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रिलासुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरन्जीवी खड्का (चेक रिपव्लिका), सागर सुवेदी (अष्टिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), बसन्त गौतम (फिन्ल्याण्ड) डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिपकुमार यादव र सुनिल शाह (युके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’