१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा १६६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ९६३ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या ५ हजार ६९९ छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ पुगेको छ । हाल देशभर ६८६ जना क्वारेन्टिनमा छन् ।

उपत्यकामा ९५७ थप
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग